INSEC Online

📅 २०८३ जेष्ठ २१

निर्वाचन कार्यालयद्वारा ६० प्रतिशत मतदाताले परिचय पत्र लगेको जानकारी

प्रदेश नम्बर २ मा भोलि हुने स्थानीय तहको तेस्रो चरणको निर्वाचनका लागि असोज १ गतेसम्म ६० प्रतिशत मतदाताले परिचय पत्र लगेको निर्वाचन कार्यालयले जनाएको छ । भदौ ३० गतेदेखि सुरू गरिएको परिचय पत्र वितरणको अन्तिम दिन असोज १ गते अन्य दिनभन्दा बढी मतदाताहरूको भीड लागेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।

तीन दिनसम्म सबै मतदान केन्द्रबाट मतदाता परिचय पत्र वितरण गरिए पनि ६० प्रतिशत भन्दा बढी वितरण हुन नसकेको कार्यालयले जनाएको हो । नौ नगरपालिका र नौ गाउँपालिका गरी १८ वटा स्थानीय तह रहेको सप्तरी जिल्लामा रहेका २ सय ९५ मतदान स्थलको ४ सय ६२ ओटै मतदान केन्द्रबाट मतदाता परिचय पत्र वितरण गरिएको जिल्ला निर्वाचन अधिकारी महेशकुमार ठाकुरले जानकारी दिए । मतदान केन्द्रमा खटिएका कर्मचारीहरूसँगै सम्बन्धित वडाका उम्मेदवारहरूले समेत परिचय पत्र वितरण कार्यमा सहयोग पुर्‍याएका थिए ।

मतदानका लागि परिचय पत्र आवश्यक रहेको भन्दै जिल्ला निर्वाचन अधिकारी ठाकुरले मतदाता परिचय पत्र लिन नपाएका मतदाताहरूले मतदानका दिन नागरिकता ल्याए पनि मतदान गर्न पाइने बताए ।

सप्तरीमा १ लाख ६० हजार ६ सय ८६ महिला, १ लाख ७० हजार ७ सय ५५ पुरुष र २१ जना तेस्रो लिङ्गी गरी जम्मा ३ लाख ३१ हजार ४ सय ६२ जना मतदाता रहेको जिल्ला निर्वाचन अधिकारी ठाकुरले बताए ।

अन्य

भिडियो