शारिरीक अपाङ्गता भएकी २६ वर्षीया महिलालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले गोरखा नगरपालिका-१३ देउरालीका ४७ वर्षीय प्रेमबहादुर लोहनीलाई भदौ ३१ गते गिरफ्तार गरेको छ ।
पीडित महिलालाई आरोपितले भदौ ३० गते यौन दुर्व्यवहार गरेको आरोपमा पीडितका आफन्तले भदौ ३१ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका थिए ।
पीडित पक्षको उजुरीका आधारमा आरोपितलाई अनुसन्धानका लागि गिरफ्तार गरिएको इन्स्पेक्टर रामचन्द्र शाहले भने । पीडित महिलाको स्वास्थ्य परीक्षण असोज १ गते जिल्ला अस्पतालमा गरिएको छ ।