INSEC Online

📅 २०८३ जेष्ठ २६

समाचार

विधिको पालना भए मात्र मानव अधिकारको पूर्ण प्रत्याभूति हुने

विधिको पूर्ण पालना भएमात्र मानव अधिकारको पूर्ण प्रत्याभूति हुने कुरामा जोड दिइएको छ । ६९ औँ अन्तर्राष्ट्रिय मानव अधिकार दिवसका सन्दर्भमा राष्ट्रिय मानव अधिकार आयोग र मानव अधिकार सञ्जाल नेपालगञ्जको

अन्तर्राष्ट्रिय मानव अधिकार दिवसका अवसरमा अन्तरसम्वाद

६९ औँ अन्तर्राष्ट्रिय मानव अधिकार दिवसको अवसरमा मङ्सिर २४ गते धनगढीमा अन्तरसम्वाद कार्यक्रम सम्पन्न भएको छ । समानता, न्याय तथा मर्यादाका लागि सबै जागौँ भन्ने मुल नाराका साथ अन्तर्राष्ट्रिय मानव

विविध कार्यक्रम गरी मानव अधिकार दिवस मनाइँदै

६९ औ अन्तर्राष्ट्रिय मानव अधिकार दिवस र १६ दिने लैङ्गिक हिंसाविरूद्धको अभियानको समापन मङ्सिर २४ गते पोखरामा विविध कार्यक्रम गरी मनाइएको छ । मानव अधिकार आयोग र शान्तिका लागि नागरिक

अधिकारीका हत्यारालाई कारबाही र पीडित परिवारलाई न्याय दिन मानव अधिकारकर्मीको माग

मानव अधिकारकर्मीहरूले गोरखा फुजेल-७ का कृष्णप्रसाद अधिकारीका हत्यारालाई कारबाही गरी पीडित परिवारलाई न्याय दिन माग गरेका छन् । ६९ औँ अन्तर्राष्ट्रिय मानव अधिकार दिवसको अवसरमा मङ्सिर २४ गते काठमाडौँको वीर

 काठमाडौँमा अन्तर्राष्ट्रिय मानव अधिकार दिवसको अवसरमा र्‍याली

६९ औँ अन्तर्राष्ट्रिय मानव अधिकार दिवसका अवसरमा मङ्सिर २४ गते देशैभर विभिन्न कार्यक्रम गरिएको छ । विश्वका सम्पुर्ण मानवले बिना कुनै भेदभाव समान ढङ्गले सबै मानव अधिकार निर्वाध रूपमा उपभोग

अर्घाखाँचीमा पुनः मतदान शान्तिपूर्ण

सन्धिखर्क नपा-५ को मधुरा मावि नेटामाको ‘क’ र ‘ख’ केन्द्रमा मङ्सिर २१ गते स्थगित भएको मतदान कार्य मङ्सिर २३ गते पुनः शान्तिपूर्ण रूपमा सम्पन्न भएको छ । मङ्सिर २१ गते

स्थगित भएको मतदान केन्द्रमा भोलि पुनः मतदान हुने

सन्धिखर्क नगरपालिका-५ मधुरा मावि नेटामा स्थगित भएको ‘क’ र ‘ख’ मतदान केन्द्रको पुनः मतदान मङ्सिर २३ गते हुने भएको छ । मङ्सिर २२ गते बसेको सर्वदलीय बैठकको निर्णय अनुसार भोलि

शान्ति-प्रक्रिया सुरू भएको एक दशक नाघिसक्दा पनि पीडितले न्याय पाउन नसक्नु दुखद्-आयोग

राष्ट्रिय मानव अधिकार आयोगले शान्ति-प्रक्रिया सुरू भएको एक दशक नाघिसक्दा पनि अझै पीडितले न्याय पाउन नसक्नु दुखद् पक्ष रहेको जनाएको छ । आयोगका अध्यक्ष अनूपराज शर्माले मङ्सिर २२ गते राष्ट्रपति

काङ्ग्रेस कार्यकर्ताद्वारा मतदान प्रतिनिधिमाथि नै कुटपिट

पैयूँ गाउँपालिका-७ को जनता माध्यमिक विद्यालयमा रहेको मतदान केन्द्रमा वाम गठबन्धनको तर्फबाट मतदान प्रतिनिधिको रूपमा बसेका युवा सङ्घ नेपालका पैयूँ गाउँपालिका उपाध्यक्ष २५ वर्षीय सुदिप बस्याललाई नेपाली काङ्ग्रेसका कार्यकर्ताद्वारा कुटपिट

काङ्ग्रेस कार्यकर्ताहरूद्वारा एमाले कार्यकर्ताहरूलाई आक्रमण गरेको आरोप

भिमाद नपा-५ का एमाले कार्यकर्ताहरूलाई मङ्सिर २१ गते राति नेपाली काङ्ग्रेसका कार्यकर्ताहरूले आक्रमण गरेको पीडित पक्षको आरोप छ । सो ठाउँको गणेशमान स्मृति प्राविमा मतदान सम्पन्न भई सुरक्षाकर्मीले मतपेटिका सदरमुकाम

मतदानस्थलमा भोज, कर्मचारीको लापारबाहीले मतदानबाट वञ्चित

डाक्नेश्वरी नपा–८ को गम्हरिया प्रवाहा मतदान केन्द्र र राजविराज नपा–७ स्थित राप्रावि खैरसाल मतदान केन्द्रको १ सय मिटर दुरी भित्र मङ्सिर २१ गते बिहानैदेखि राजनीतिक दलका नेता कार्यकर्ताहरूले जेरी, पुरी,

मतपेटिका बोकेको गाडीलाई लक्षित गरी बम विष्फोट

डडेल्धुरामा मतमेटिका बोकेको गाडीलाई लक्षित गरी बम विष्फोट गराइएको छ । मङ्सिर २२ गते बिहान ९:३० बजेतिर परशुराम नगरपालिका–१२ कैनपानी भन्ने ठाउँमा बम विष्फोट गराइएको हो । बम विष्फोटबाट बा

इन्सेकद्वारा आयोगसमक्ष निर्वाचन पर्यवेक्षणको प्रारम्भिक प्रतिवेदन पेश

प्रतिनिधि तथा प्रदेश सभा निर्वाचन-२०७४ अन्तर्गत दोस्रो चरणमा मङ्सिर २१ गते सम्पन्न निर्वाचनको पर्यवेक्षण गरेको इन्सेकले निर्वाचन आयोगमा आजै प्रारम्भिक प्रतिवेदन पेश गरेको छ । इन्सेकका कार्यकारी निर्देशक विजयराज गौतमले

सिके राउतको गाउँमा मतदान भएन

सप्तरीको महदेवा गाउँपालिका-२ स्थित आधारभूत विद्यालयको मतदान केन्द्रमा दिउँसो २ बजेसम्म पनि मतदान कार्य हुन सकेको छैन । स्वतन्त्र मधेस गठबन्धनका संयोजक सिके राउतको गाउँ रहेको सो मतदान केन्द्रमा ५

प्रतिनिधि तथा प्रदेश सभाका लागि मतदान जारी(अपडेट १६:०० बजे)

(अपडेट १६:०० बजे) अर्घाखाँची जिल्ला प्रतिनिधि नारायण भुसालका अनुसार सन्धिखर्क नपा-५ मा रहेको मथुरा केन्द्रमा मतदान अधिकृतले हस्ताक्षर नगरेको मतपत्र दिएपछि विवादका कारण पौने दुईबजेदेखि मतदान स्थगित भएको छ ।

आचारसंहिता विपरीत मत मागेको भन्दै उजुरी

आचारसंहिता विपरीत मत माग्दै हिँडेको भन्दै मोरङ क्षेत्र नम्बर ६ मा नेपाली काङ्ग्रेसका तर्फबाट उम्मेदवार बनेका शेखर कोइराला विरुद्ध मङ्सिर २० गते उजुरी परेको छ । निर्वाचन शुरु हुनु एक

निर्वाचन साक्षरता प्रभावकारी भएन: पौडेल

राष्ट्रिय मानव अधिकार आयोगका माननीय सदस्य गोविन्द प्रसाद शर्मा पौडेलले निर्वाचन शिक्षा प्रभावकारी नभएको बताएका छन् । प्रदेश सभा र प्रतिनिधि सभाको निर्वाचनको अनुगमनका क्रममा मङ्सिर २० गते रुपन्देहीमा आएका

बाम गठबन्धन र लोकतान्त्रिक पक्ष बीच झडप

कमलबजार नगरपालिका–२ बजुडामा वाम गठबन्धन र लोकतान्त्रिक पक्ष बीच मङ्सिर १९ गते साँझ झडप भएको छ । झडपमा वडा नं. २ का निवासी ३५ वर्षीय गगनबहादुर खड्का सामान्य घाइते भएका

स्वास्थ्य संस्थामा खानेपानी र शौचालय नहुँदा समस्या

तातोपानी गाउँपालिका–५ लाम्रागाउँ स्थित स्वास्थ्य चौकीमा खानेपानी र शौचालय नहुँदा समस्या हुने गरेको सेवाग्राहीले गुनासो गर्ने गरेका छन् । स्वास्थ्य संस्थामा सेवा लिन आउने सेवाग्राही लगायत स्वास्थ्यकर्मीलाई शौचालय प्रयोग देखि

मोवाइल फोन अवरुद्ध, चुनावका सूचना व्यवस्थापन प्रभावित

लगातार तीन दिनदेखि बादल लागेपछि दैलेखको पश्चिम क्षेत्रको अधिकांश ठाउँमा मोवाइल टेलिफोन अवरुद्ध भएको छ । सबै ठाउँमा विद्युत नपुगेको कारण सोलार प्यानलले चार्ज गर्ने गरी नेपाल टेलिकम र एनसेलका