INSEC Online

📅 २०८३ जेष्ठ २१

विविध कार्यक्रम गरी मानव अधिकार दिवस मनाइँदै

६९ औ अन्तर्राष्ट्रिय मानव अधिकार दिवस र १६ दिने लैङ्गिक हिंसाविरूद्धको अभियानको समापन मङ्सिर २४ गते पोखरामा विविध कार्यक्रम गरी मनाइएको छ ।

Photo20171210Kaski

मानव अधिकार आयोग र शान्तिका लागि नागरिक समाजको सञ्जाल, अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)लगायतका संस्थाहरूको आयोजनामा पोखरामा बृहत प्रभातफेरी कार्यक्रम गरी कोण सभामा परिणत भएको हो ।

राष्ट्रिय मानव अधिकार आयोगकी निमित्त निर्देशक नितु गर्तौलाले मुलुक नयाँ तरिकाबाट अगाडि बढेको अवस्थामा आगामी दिनमा हरेक समाज मानव अधिकारमैत्री हुनेमा आफू आशावादी रहेको बताइन् ।

Photo20171210Kaski1

वरिष्ठ मानव अधिकारकर्मी टेकनाथ बरालले मानव भएर मानवजस्तै बाँच्न पाउनु मानव अधिकार भएको बताउँदै मानव अधिकारलाई साँघुरो घेरामा नबाँधेर वर्ष भरनै मानव अधिकार संरक्षणमा जुट्नुपर्ने बताए ।

शान्तिका लागि नागरीक समाजको सञ्जाल कास्कीका अध्यक्ष विष्णु बरालले मानव अधिकार आन्दोलनलाई निरन्तरता दिनुपर्ने बताउँदै आफ्नो अधिकारको वकालत गर्दा अर्काको अधिकारको पनि सम्मान गर्नुपर्ने बताए ।

गैरसरकारी संस्था महासङ्घका केन्द्रिय सचिव रामप्रसाद सुवेदीले सबैको अधिकार संरक्षणको लागि पहिला आफूबाट सुरूवात गर्नुपर्ने र अधिकारका कुरा मात्र नभएर अबको अवस्थामा आफ्नो भूमिकाको पनि कुरा गर्न आवश्यक रहेको बताए ।

अन्य

भिडियो