डडेल्धुरामा मतमेटिका बोकेको गाडीलाई लक्षित गरी बम विष्फोट गराइएको छ । मङ्सिर २२ गते बिहान ९:३० बजेतिर परशुराम नगरपालिका–१२ कैनपानी भन्ने ठाउँमा बम विष्फोट गराइएको हो ।
बम विष्फोटबाट बा १ झ ५५३९ नम्बरको गाडीमा सामान्य क्षति भएको इलाका प्रहरी कार्यालय जोगबुडाले जनाएको छ । मतपेटिका भने सुरक्षित रहेको प्रहरीले जनायो ।
अहिले सम्म १ सय १७ ओटा मतदान केन्द्रमध्ये ७६ मतदान केन्द्रका मतपेटिकाहरू जिल्ला सदरमुकाम ल्याइएको छ, भने ४१ ओटा केन्द्रका मतपेटिका आउन बाँकी रहेको मुख्य निर्वाचन अधिकृत डा.रमेशप्रसाद रिजालले जानकारी दिए । सबै मतपेटिका जिल्ला नपुगेका कारण मतगणना अझै ढिलो हुने जनाइएको छ ।