कमलबजार नगरपालिका–२ बजुडामा वाम गठबन्धन र लोकतान्त्रिक पक्ष बीच मङ्सिर १९ गते साँझ झडप भएको छ । झडपमा वडा नं. २ का निवासी ३५ वर्षीय गगनबहादुर खड्का सामान्य घाइते भएका छन् । घाइते खड्का स्थानीय प्राथमिक केन्द्रमा उपचारपछि घर फर्किएका छन् ।
यसैबीच, मोटरसाइकलमा घर गइरहेका टेकेन्द्र विष्ट र खडक विष्ट चढेको मोटरसाइकलमा समेत आगजनी भएको छ । स्थानीय बलबहादुर कुँवरका अनुसार आफ्नो भाइ बुहारी कमलालाई गाली गर्दै घरमा ढुङ्गा हानेपछि बेलुकी ७ बजेतिर विवाद भएको बताए ।
इलाका प्रहरी कार्यालय कमलबजारमा दुवैपक्ष बीच भएको सहमतिमा निर्वाचन सम्पन्नपछि उक्त घटनाका बारेमा छलफल गर्ने कागज गरिएको छ । निर्वाचन सुरक्षाका क्रममा अछाम जिल्लामा २ हजार भन्दा बढी सुरक्षाकर्मी परिचालन गरिएको जिल्ला सुरक्षा समितिले बताएको छ ।