सन्धिखर्क नपा-५ को मधुरा मावि नेटामाको ‘क’ र ‘ख’ केन्द्रमा मङ्सिर २१ गते स्थगित भएको मतदान कार्य मङ्सिर २३ गते पुनः शान्तिपूर्ण रूपमा सम्पन्न भएको छ ।
मङ्सिर २१ गते मतदान अधिकृतले हस्ताक्षर नगरेको मतपत्रमा मतदाताले मतदान गरेको भन्दै मतदातले मतपेटिका र मतपत्र च्यातेपछि मतदान स्थगित गरिएको थियो ।
क र ख मतदान केन्दका २ हजार ४४ मतदाता रहेकोमा १ हजार २ सय ७१ मतदाताले मतदान गरेको मतदान अधिकृत लिलबहादुर राउत क्षेत्रीले जानकारी दिए ।