INSEC Online

📅 २०८३ असार १०

समाचार

प्रतिबन्धित नेकपाका कार्यकर्ता अदालत परिसरबाटै पुनः गिरफ्तार

नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको प्रतिबन्धित नेकपाका कार्यकर्ता भएको आरोपमा जिल्ला प्रहरी कार्यालय, पर्वतको हिरासतमा रहेका तनहँु जिल्ला व्यास नपा–१४ बस्ने ३१ वर्षीय अमृत सापकोटालाई जिल्ला अदालत, पर्वतको आदेशमा रिहा गरेलगत्तै

प्रहरीको गोली र अश्रुग्यास प्रहारबाट दुई जना मजदुर घाइते

प्रहरीको गोली र अश्रुग्यासको प्रहारबाट भदौ १९ गते बर्दिया जिल्ला बारबर्दिया नपा–९ स्थायी घर भई मेलम्ची खानेपानी कार्यालयको सुपरभाइजर पदमा कार्यरत ३२ वर्षीय सन्तोष चौधरी र मेलम्ची नपा–९ स्थित ज्यामीरेका

सामाजिक सुरक्षा भत्ता वितरणमा ढिलाइ हुँदा समस्या

शैल्यशिखर नगरपालिकाका ज्येष्ठ नागरिकहरूले गत आर्थिक वर्षको तेस्रो चौमासिकमा पाउनुपर्ने  सामाजिक सुरक्षा भत्ता नपाएपछि समस्यामा परेका छन् । गत आर्थिक वर्षभित्रै पाउनु पर्ने सामाजिक सुरक्षा भत्ता नगरपालिकाले समयमै वितरण नगर्दा

बलात्कार घटनाका आरोपित गिरफ्तार

७५ वर्षीया बृद्धालाई बलात्कार गरेको आरोपमा नौगाड गाउँपालिका–४ का २८ वर्षीय नरेशसिंह ठगुन्ना र २३ वर्षीय लालसिंह धामीलाई प्रहरीले भदौ १९ गते गिरफ्तार गरेको छ । पीडित महिलाले भदौ १६

पत्नी हत्या घटनाका आरोपित गिरफ्तार

दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–२ की ३० वर्षीया देविका राईको हत्या गरेको आरोपमा प्रहरीले ३२ वर्षीय पति सिताराम राईलाई भदौ १९ गते गिरफ्तार गरेको छ । विवादका क्रममा भदौ १८ गते

बलात्कार घटनाका आरोपित गिरफ्तार

३५ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले मालारानी गाउँपालिका–३ का ३२ वर्षीय रिखबहादुर नेपालीलाइ भदौ १८ गते गिरफ्तार गरेको छ । पीडित महिलालाई आरोपितले भदौ १७ गते बलात्कार गरेको भन्दै

प्रतिबन्धित नेकपाका जिल्ला सदस्य गिरफ्तार

नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टीका मोरङ जिल्ला सदस्य तथा सोही पार्टी निकट युवा सङ्घ मोरङका अध्यक्ष सुन्दरहरैचा नगरपालिका–२ का ३२ वर्षीय विपिन भनिने रामु मग्रातीलाई भदौ १८

झडपमा परी घाइते भएका मण्डलको उपचारका क्रममा मृत्यु

हंसपुर नगरपालिकाको केन्द्र सार्ने विषयमा भएको विवादपछि उत्पन्न झडपमा परी घाइते भएका हंसपुर नपा–२ बघचौराका ६७ वर्षीय तपेश्वर मण्डलको उपचारका क्रममा जनकपुर अञ्चल अस्पतालमा भदौ १८ गते राति मृत्यु भएको

बलात्कार घटनाका आरोपितविरूद्ध प्रहरीमा उजुरी

१६ वर्षीया बालिकालाई भदौ ३ गतेदेखि ९ गतेसम्म सिगास गाउँपालिका–८ खेतकोटका २८ वर्षीय रमेशसिंह ऐरले बलात्कार गरेको भन्दै पीडित पक्षले भदौ १८ गते जिल्ला प्रहरी कार्यालय, बैतडीमा आरोपितविरूद्ध उजुरी दिएको

यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

११ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले पाँचखपन नगरपालिका–३ का २२ वर्षीय अर्जुन राईलाई भदौ १८ गते गिरफ्तार गरेको छ ।   पीडित बालिकालाई आरोपितले भदौ १५ गते यौन

विद्युत सेवा नियमित नहुँदा अस्पतालको आकस्मिक सेवा प्रभावित

जिल्लामा विद्युत सेवा नियमित नभएपछि जिल्ला सामादायिक अस्पतालको आकस्मिक सेवा प्रभावित हुँदा बिरामीलाई समस्या भएको छ ।   विद्युत समस्याका कारणले अस्पतालमा आएका सेवाग्राहीहरूलाई तत्काल सेवा दिन असजिलो बन्दै गएको

जनप्रतिनिधिलाई कुटपिट घटनाका आरोपित गिरफ्तार

सीशहर नगरपालिकाका कार्यपालिका सदस्य ४८ वर्षीय देवबहादुर गहतराजलाई कुटपिट गरेको आरोपमा प्रहरीले बेसीशहर नपा–१० बस्ने ५२ वर्षीय रुद्रबहादुर थापालाई प्रहरीले भदौ १९ गते बेसीशहर बजारबाट गिरफ्तार गरेको छ । आरोपित

बालविवाह गरेको कसुरमा जनही दुई महिना कैद र २ हजार रुपियाँ जरिबाना

बालविवाह गरेको र बाल विवाहमा संलग्न रहेको कसुरमा जिल्ला अदालत, सल्यानले भदौ १८ गते तीन जनालाई जनही दुई महिना कैद र २ हजार रुपियाँ जरिबानाको फैसला सुनाएको छ । १८

औषधि अभाव हुँदा बिरामी समस्यामा

दशरथचन्द नगरपालिका–९ ग्वाल्लेक स्थित जोशिबुङ्गा स्वास्थ्य चौकीमा औषधि अभाव हुँदा बिरामीहरू समस्यामा परेका छन् ।   स्वास्थ्य चौकीमा औषधिको चरम अभाव हुँदा मौसम परिवर्तनसँगै फैलिएको भाइरल ज्वरोका साथै अन्य बिरामीहरू

गृहकार्य नगरको भन्दै आठ वर्षीय बालकलाई कुटपिट

मार्तडीस्थित बडीमालिका इङ्लिस बोर्डिङ स्कुलका शिक्षक मानसिंह खड्काले सोही विद्यालयमा कक्षा १ मा अध्ययनरत त्रिवेणी नगरपालिका–९ का कृष्णा थापाका आठ वर्षीय छोरा पविन्द्र थापालार्ई भदौ १८ गते कुटपिट गरी घाइते

प्रहरीको लाठी प्रहारबाट अनेरास्ववियूका संयोजक ऐन महर सहित तीन जना घाइते

प्रहरीको लाठी प्रहारबाट भदौ १८ गते सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को विद्यार्थी सङ्गठन अनेरास्ववियूका संयोजक ऐन महरसहित तीन जना घाइते भएका छन् ।   चिकित्सा शिक्षा अध्ययन संस्थान आइओएमका

श्रमको ज्याला नपाएको मजदुरहरूको गुनासो

भगवतीमाई गाउँपालिकाको स्वीकृत बजेटभित्र वडा नम्बर १ स्थित कोटाटाकुरा शिव मन्दिर जाने बाटोको सिँडी निर्माणको काम गरेका मजदुरहरूले दुई वर्षसम्म पनि श्रमको ज्याला नपाएको गुनासो गरेका छन् ।   बेस्तडा

उपचार अभावमा २८ वर्षयता एकैघरका चार जना मलमूत्रसहित एउटै कोठामा

‘भएका चार जना सन्तान सबै सुस्त ! स्याहारसुसार गर्ने आमाले संसार छोडेर गइहाली । म पनि ६० वर्ष पुगिसकेँ । कतिञ्जेल बाँचिएला र ? यसपछि यिनीहरूको हालत के होला ?’–त्रियुगा

शिक्षकको कुटपिटबाट एक जना विद्यार्थी घाइते

भोक्राहा नरसिंह गाउँपालिका–४ का आठ वर्षीय बालक रासिद अन्सारी शिक्षकको कुटाइबाट घाइते भएको पीडित पक्षले आरोप लगाएको छ ।   सोही ठेगानामा अवस्थित मोडेल पब्लिक विद्यालयकी शिक्षिका आशिका यादवले होमवर्क

प्रतिबन्धित नेकपाका नगर इन्चार्ज गिरफ्तार

नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टीका परशुराम नगर इन्चार्ज ३५ वर्षीय दमन नेपालीलाई प्रहरीले गिरफ्तार गरेको छ । डडेल्धुरा जिल्लाबाट खटिएको प्रहरीको टोलीले उनलाई भदौ १८ गते बिहान