INSEC Online

📅 २०८३ जेष्ठ २१

जनप्रतिनिधिलाई कुटपिट घटनाका आरोपित गिरफ्तार

सीशहर नगरपालिकाका कार्यपालिका सदस्य ४८ वर्षीय देवबहादुर गहतराजलाई कुटपिट गरेको आरोपमा प्रहरीले बेसीशहर नपा–१० बस्ने ५२ वर्षीय रुद्रबहादुर थापालाई प्रहरीले भदौ १९ गते बेसीशहर बजारबाट गिरफ्तार गरेको छ ।

आरोपित थापाले भदौ १८ गते बेलुकी गहतराज नगरपालिकाको कार्यालयबाट घरमा गइरहेको अवस्थामा आक्रमण गरेको भन्दै पीडितले सोही समय जिल्ला प्रहरी कार्यालय, लमजुङमा खबर गरेका थिए ।

आरोपित थापाले सानो जातको मान्छे हिरो बन्छस् ? भनेर जातीय विभेद जनाउने शब्द प्रयोग गर्दै आफूमाथि कुटपिट गरेको भनी पीडितले भदौ १९ गते दिएको उजुरीमा उल्लेख गरेको जिल्ला प्रहरी कार्यालय, लमजुङका डिएसपी रवीन्द्रमान गुरुङले बताए । आरोपितलाई हिरासतमा राखेर घटनाको अनुसन्धान गरिरहेको डिएसपी गुरुङले बताए ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) लमजुङका सदस्य समेत रहेका गहतराजको घाँटी, देब्रे गोडा र हातमा समस्या भएको पीडित पक्षले जनाएको छ ।

जिल्ला सामुदायिक अस्पतालका डाक्टर प्रकाश साहुले अस्पतालमा एमरआरआइ मेशिन नभएकोले भदौ १९ गते काठमाडौँ रिफर गरिएको जानकारी दिए ।

अन्य

भिडियो