INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार घटनाका आरोपितविरूद्ध प्रहरीमा उजुरी

१६ वर्षीया बालिकालाई भदौ ३ गतेदेखि ९ गतेसम्म सिगास गाउँपालिका–८ खेतकोटका २८ वर्षीय रमेशसिंह ऐरले बलात्कार गरेको भन्दै पीडित पक्षले भदौ १८ गते जिल्ला प्रहरी कार्यालय, बैतडीमा आरोपितविरूद्ध उजुरी दिएको छ ।

 

पीडित बालिकालाई आरोपितले भदौ ३ गतेदेखि ६ गतेसम्म पाटन नगरपालिका–६ पाटन बजार र भदौ ८ र ९ गते डडेल्धुरा बजारको होटलमा लगी बलात्कार गरेको भन्दै पीडित पक्षले उजुरी दिएको हो ।

 

आरोपित फरार रहेकाले खोजी कार्य भइरहेको जिल्ला प्रहरी कार्यालयका डिएसपी डिल्लीनारायण पाण्डेयले बताए ।

 

पीडित बालिकाको स्वास्थ्य परीक्षण भदौ १८ गते जिल्ला अस्पताल, बैतडीमा गरिएको डिएसपी पाण्डेयले बताए ।

अन्य

भिडियो