मार्तडीस्थित बडीमालिका इङ्लिस बोर्डिङ स्कुलका शिक्षक मानसिंह खड्काले सोही विद्यालयमा कक्षा १ मा अध्ययनरत त्रिवेणी नगरपालिका–९ का कृष्णा थापाका आठ वर्षीय छोरा पविन्द्र थापालार्ई भदौ १८ गते कुटपिट गरी घाइते बनाएको पीडित पक्षको आरोप छ ।
कक्षा सञ्चालन भइरहेका बेला गृहकार्य नगरेको भन्दै नेपाली विषयका शिक्षक खड्काले पाइपको लठ्ठीले निर्घात कुटपिट गर्दा छोराको गोडाको पछाडि र शरीरका विभिन्न भागमा निलडाम परेको घाइते बालककी आमा कृष्णा थापाले बताइन् ।
घाइते बालकको जिल्ला अस्पताल, बाजुरामा स्वास्थ्य उपचार भइरहेको छ ।