INSEC Online

📅 २०८३ असार १०

समाचार

यौन दुर्व्यवहार गरेको कसुरमा दुई वर्ष कैदको फैसला

६ वर्षीय बालकलाई यौन दुर्व्यवहार गरेको कसुरमा जिल्ला अदालत चितवनले १६ वर्षीय बालकलाई असोज ८ गते दुई वर्ष कैद र २० हजार रुपियाँ जरिबानाको फैसला सुनाएको छ । न्यायाधीश हेमन्त

बलात्कार घटनाका आरोपितविरूद्ध प्रहरीमा उजुरी

२७ वर्षीया महिलालाई बलात्कार गरेको भन्दै पीडित पक्षले असोज ७ गते गैडहवा गाउँपालिका–३ का ३५ वर्षीय दिपेन्द्रकुमार आरखविरूद्ध इलाका प्रहरी कार्यालय बुटवलमा उजुरी दर्ता गराएको प्रहरीले जनाएको छ । पीडित

ताम्ती स्वास्थ्य चौकीमा औषधि अभाव

तातोपानी गाउँपालिका–७ र ८ वडा पर्ने ताम्ती स्वास्थ्य चौकीमा एक सातादेखि औषधिको अभाव हुँदा स्थानीयलाई समस्या भएको छ । औषधि अभाव भएपछि रुघाखोकी, टाउको दुख्ने जस्ता सामान्य समस्या लिएर स्वास्थ

औषधि नहुँदा औलोका बिरामीलाई समस्या, उपचार सामग्री ६ महिनादेखि नेपालगञ्जमा अलपत्र

ताँजाकोट, अदानचुली र सर्केगाड गाउँपालिकामा मलेरियाको सङ्क्रमण बढेपनि स्थानीय स्वास्थ्य चौकीहरूमा आठ महिनायता औषधि नहुँदा बिरामीलाई समस्या भएको छ । जिल्ला जनस्वास्थ्य कार्यालयका अनुसार गतवर्ष माघ यता औलो रोगको औषधि

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपतिसहित तीनजनालाई दुर्व्यवहार

पोखरा स्वाथ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डाक्टर बुद्धिबहादुर थापा, डिन डा. नरेन्द्र गुरुङ तथा निमित्त निर्देशक डाक्टर राजेश अधिकारीलाई असोज ७ गते अखिल क्रान्तिकारीका केन्द्रीय सचिव क्षितिज सापकोटाको नेतृत्वमा गएका विद्यार्थीहरूले

बलात्कार घटनाका आरोपित गिरफ्तार

२१ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले २२ वर्षीय पतिलाई असोज ७ गते गिरफ्तार गरेको छ । पीडित महिलालाई आरोपितले मादक पदार्थ सेवन गरी पटकपटक अप्राकृतिक मैथुन तथा बलात्कार गरेको

कार्यरत चिकित्सक समायोजन हुँदा अस्पताल चिकित्सकविहीन, सेवाग्राही मर्कामा

१५ जना चिकित्सकको दरबन्दी रहेको जिल्ला अस्पताल इलाममा पुग्ने अधिकांश स्वास्थ्य सेवाग्राही महिना दिनयता स्वास्थ्य लाभ नलिई फर्कन बाध्य भएका छन् । भएको दरबन्दीमा क्रियाशील पाँच जना चिकित्सक र आकस्मिक

प्रहरीले उजुरी दर्ता नगरेको पीडित पक्षको आरोप

घाँटीमा निलडाम देखिएपछि हत्या गरेको आशङ्कामा आरोपितविरूद्ध प्रहरीमा किटानी उजुरी दिएपनि प्रहरीले उजुरी दर्ता नगरेको पीडित पक्षले आरोप लगाएको छ । सिद्धिचरण नगरपालिका–९ ज्यामिरेका ४० वर्षीय पृथ्वीबहादुर बाँनियाको भदौ ४

तोकिएका स्वास्थ्यकर्मी नहुँदा स्वास्थ्य सेवा लिन सेवाग्राहीलाई समस्या

३२ जनाको दरबन्दी भएको जिल्ला अस्पतालमा १२ जना मात्र कर्मचारीले सेवा प्रवाह गर्दा सेवाग्राहीलाई समस्या हुने गरेको छ । सेवा प्रवाहलाई चुस्तदुरूस्त तुल्याउन अस्पताल विकास समितिले प्रदेश र केन्द्र सरकारलाई

बलात्कार प्रयासका आरोपित गिरफ्तार

२८ वर्षीया महिलालाई बलत्कार प्रयास गरेको आरोपमा प्रहरीले सरावल गाउँपालिका–४ बरसाराका  २२ वर्षीय अनौबर खानलाई असोज ८ गते गिरफ्तार गरेको प्रहरीले जनाएको छ । पीडित महिलालाई आरोपितले असोज ७ गते

बलात्कार गरेको कसुरमा जन्मकैदको फैसला

१४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा ४२ वर्षीय बाबुलाई जिल्ला अदालतको असोज ७ गतेको फैसलाले जन्मकैद (२५ वर्ष) को सजाय निर्धारण गरेको छ । न्यायाधीश विनोदकुमार गौतमको इजलासले उक्त फैसला

बलात्कार घटनाका आरोपितलाई आठ वर्ष कैद सजायको फैसला

१० वर्षीया बालिकालाई बलात्कार गरेको कसुर ठहर गर्दै जिल्ला अदालतले धनगढीमाई नपा–१२ का २० वर्षीय शिवनारायण महतोलाई आठ वर्ष कैदको फैसला असोज ६ गते गरेको छ । न्यायाधीश प्रकाश ढुङ्गानाको

सांसदमाथि हातपात र दुर्व्यवहार, कारवाही माग

राजविराज नपा–५ मा असोज ७ गते प्रतिनिधि सभा सदस्य तेजुलाल चौधरीमाथि हातपात र दुर्व्यवहार भएको छ । नेपाली कांग्रेस सप्तरीद्वारा आयोजित दोस्रो चरणको राष्ट्रिय जागरण अभियानको समापन समारोहका क्रममा पार्टी

राप्रपा कार्यकर्ताद्वारा वडा अध्यक्षमाथि कुटपिट

मन्थली नगरपालिका-५ का वडाध्यक्ष ६२ वर्षीय रामबहादुर कार्कीलाई असोज ६ गते बिहान सोही वडामा बस्ने राष्ट्रिय प्रजातन्त्र पार्टीको भातृसङ्गठन युवा परिषद्का जिल्ला सदस्य २३ वर्षीय सानोबाबु कार्कीले कुटपिट गरे ।

आर्थिक अभावका कारण अपाङ्गता भएका बालक ६ वर्ष देखि डोरीमा

आर्थिक अभावका कारण उपचार नपाएपछि म्याग्दे गाउँपालिका-७ कणालेका अपाङ्गता भएका १३ वर्षीय बालक मिलन दुरा ६ वर्षदेखि सलको डोरीले बाँधिदै आएका छन् । मनोसामाजिक अपाङ्गता भएका बालकलाई उनका अभिभावकले सलको

प्रतिबन्धित नेकपाका इञ्चार्जसहित दुई जना गिरफ्तार

नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको प्रतिबन्धित नेकपाका सुनसरी इञ्चार्ज उदयपुर घर भएका ३६ वर्षीय लक्ष्मण पौडेलसहित दुई जनालाई प्रहरीले गिरफ्तार गरेको छ । १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरको अनुसन्धान ब्युरो

इञ्जिनियर हत्या आरोपितहरूलाई कैद सजाय

राजविराज नपा-६ का ५० वर्षीय इञ्जिनियर हरिनारायण देवको हत्या गरेको कसुरमा महादेवा गाउँपालिका-१ पकरीका ३८ वर्षीय हरेराम यादवलाई असोज ५ गते पाँच वर्षकैद सजायको फैसला भएको छ । न्यायाधीश उमेश

घरेलु हिंसा गरेको कसुर ठहर गर्दै तीन महिना कैदको फैसला

महाकाली नगरपालिका-७ की २४ वर्षीया विमला जोशीलाई ६५ वर्षीय ससुरा प्रमानन्द जोशी, ५५ वर्षीया सासू पार्वती जोशी र ३० वर्षीय जेठाजु श्यामराज जोशीले घरेलु हिंसा गरेको ठहर गर्दै जिल्ला अदालत,

बलात्कार गरेको कसुरमा १४ वर्षकैद सजायको फैसला

१३ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालत, स्याङ्जाले विरुवा गाउँपालिका-२ बस्ने २८ वर्षीय खड्कबहादुर रानालाई १४ वर्षकैद सजायका साथै पीडित बालिकालाई १ लाख रुपियाँ क्षतिपूर्ति भराउने फैसला गरेको छ

वडा सचिवको भरमा गाउँपालिकाः नागरिकलाई सास्ती

लिखु तामाकोशी गाउँपालिकामा कर्मचारी नहुँदा सर्वसाधारणले सेवा लिन हैरान खेप्नु परेको छ । अहिले सो गाउँपालिका एकजना वडा सचिवका भरमा सञ्चालनमा छ । वडा सचिव केहरमान तामाङले वडा कार्यालय र