INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार गरेको कसुरमा १४ वर्षकैद सजायको फैसला

१३ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालत, स्याङ्जाले विरुवा गाउँपालिका-२ बस्ने २८ वर्षीय खड्कबहादुर रानालाई १४ वर्षकैद सजायका साथै पीडित बालिकालाई १ लाख रुपियाँ क्षतिपूर्ति भराउने फैसला गरेको छ ।

न्यायाधीश रमानाथ पौड्यालको असोज ६ गतेको इजलासले आरोपितलाई दोषी ठहर गर्दै सजायको फैसला गरेको जिल्ला अदालतका श्रेस्तेदार नन्दप्रसाद आचार्यले जानकारी दिए ।

आरोपित थापाले बालिकालाई ०७५ भदौ २० गते बलात्कार गरेको भनी बालिकाका आफन्तले भदौ २२ गते जिल्ला प्रहरी कार्यालय, स्याङ्जामा उजुरी दिएका थिए । उजुरीको आधारमा आरोपित रानालाई प्रहरीले सोही दिन गिरफ्तार गरेको थियो ।

पीडित बालिकाको स्वास्थ्य परीक्षण ०७५ भदौ २२ गते जिल्ला अस्पताल स्याङ्जामा गरिएको थियो ।

अन्य

भिडियो