मन्थली नगरपालिका-५ का वडाध्यक्ष ६२ वर्षीय रामबहादुर कार्कीलाई असोज ६ गते बिहान सोही वडामा बस्ने राष्ट्रिय प्रजातन्त्र पार्टीको भातृसङ्गठन युवा परिषद्का जिल्ला सदस्य २३ वर्षीय सानोबाबु कार्कीले कुटपिट गरे ।
केही वर्षअघि भएको सडक दुर्घटनामा परी गम्भीर घाइते भई शारीरिक रूपमा अपाङ्गता भएका कार्कीलाई विकास निर्माणको विषयमा विवाद हुँदा आरोपितले सडक छेउमा नै कुटपिट गरेको पीडित पक्षको आरोप छ ।
कुटपिटबाट घाइते भएका कार्कीको बाहिरी चोट नदेखिएकाले मन्थलीस्थित रामेछाप सामुदायिक अस्पतालमा सामान्य उपचार गरिएपछि थप उपचारका लागि असोज ६ गते नै काठमाडौँ पठाइएको अस्पतालले जनाएको छ । घटनाबारे पीडित पक्षले कतै उजुरी दिएको छैन ।