६ वर्षीय बालकलाई यौन दुर्व्यवहार गरेको कसुरमा जिल्ला अदालत चितवनले १६ वर्षीय बालकलाई असोज ८ गते दुई वर्ष कैद र २० हजार रुपियाँ जरिबानाको फैसला सुनाएको छ ।
न्यायाधीश हेमन्त रावलको इजलासले उक्त फैसला गरेको अदालतका सूचना अधिकारी श्रेष्तेदार रुद्रमणी गिरीले जानकारी गराए ।
पीडित बालकलाई आरोपितले ०७४ फागुन १२ गते यौन दुर्व्यवहार गरेको भन्दै आरोपितविरूद्ध फागुन १४ गते जिल्ला प्रहरी कार्यालय चितवनमा उजुरी परेकामा प्रहरीले आरोपित बालकलाई सोही दिन गिरफ्तार गरेको थियो ।
पीडित बालकको स्वास्थ्य परीक्षण फागुन १४ गते भरतपुर अस्पतालमा गरिएको थियो ।