INSEC Online

📅 २०८३ असार ११

समाचार

प्रतिबन्धित नेकपाका कार्यकर्ता गिरफ्तार

नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेकपाका बाग्लुङ जिल्ला सदस्य ३१ वर्षीय महेन्द्र भण्डारीलाई जिल्ला प्रहरी कार्यालय, गोरखाले कात्तिक २२ गते गिरफ्तार गरेको छ । बाग्लुङ जिल्ला ढोरपाटन नपा–६ घर भएका भण्डारीलाई

जुम्लाकोट स्वास्थ्य चौकीमा सिटामोलको समेत अभाव

तिला गाउँपालिका–८ जुम्लाकोटमा रहेको स्वास्थ्य चौकीमा अत्यावश्यक औषधि सिटामोल समेतको अभाव हुँदा सेवाग्राही प्रभावित भएका छन् । स्थानीय रनजित रावतले स्वास्थ्य चौकीमा अत्यावश्यक औषधि नहुँदा सामान्य रूघाखोकीका बिरामीको लागि पनि

बलात्कार घटनाका आरोपित गिरफ्तार

१४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले प्यूठान जिल्ला झिम्रुक गाउँपालिका–७ तुसाराका २० वर्षीय शङ्कर कुँवरलाई कात्तिक २० गते भैरहवाबाट गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले विवाहको प्रलोभन देखाएर

मानव बेचबिखन घटनाका आरोपित गिरफ्तार

४४, ३८ र २४ वर्षीया तीन जना महिलालाई बेचबिखन गर्न लैजाँदै गरेको आरोपमा प्रहरीले प्रतापुर गाउँपालिका–९का ६४ वर्षीय रजाक मियाँलाई कात्तिक २० गते गिरफ्तार गरेको छ । पीडित महिलाहरूलाई आरोपितले

बलात्कार प्रयास कसुरमा चार वर्ष कैद सजाय फैसला

२२ वर्षीया युवतीलाई बलात्कार प्रयास गरेको आरोपमा पुर्पक्षका लागि थुनामा रहेका कटारी नगरपालिका–५ का २८ वर्षीय राजेन्द्र सार्कीलाई अदालतले कात्तिक २१ गते चार वर्ष कैद सजाय र पीडितले पाउने गरी

प्रतिबन्धित नेकपाका पूर्व कार्यकर्ता गिरफ्तार

नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको प्रतिबन्धित नेकपाका तत्कालिन गण्डक ब्युरो सदस्य स्याङ्जा जिल्ला घर भई पोखरा मनपा–१६ तल्लो दीपस्थित जोगिमणी मार्ग बस्ने विनोद सोनामलाई कात्तिक २१ गते आफ्नै डेराबाट प्रहरीले गिरफ्तार

कथित बोक्सीको आरोपमा दुर्व्यवहार घटनाका आरोपितलाई गिरफ्तार नगरेको पीडित पक्षको गुनासो

हुप्सेकोट गाउँपालिका–१ बस्ने ६७ वर्षीया मनकुमारी मल्ललाई कथित बोक्सीको आरोप लगाएर दुर्व्यवहार गरेको भन्दै पीडित पक्षले कावासोती नपा–८ का ३४ वर्षीया ओममाया ठाडाविरूद्ध प्रहरीमा उजुरी दिएपनि प्रहरीले कानुनी प्रक्रिया अगाडि

सङ्खुवासभाका १० ओटा मतदानस्थल संवेदनशील

मङ्सिर १४ गते हुने स्थानीय तहको उप निर्वाचनका लागि सङ्खवासभाका दुई स्थानीय तहमा तोकिएका ११ ओटा मतदानस्थलमध्ये सुरक्षा संवेदनशिलताको हिसाबले १० ओटा मतदानस्थललाई संवेदनशील मानिएको छ । जिल्ला सुरक्षा समितिले

यौन दुर्व्यवहार गरेको कसुरमा एक महिना कैदको फैसला

सात वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको कसुरमा जिल्ला अदालतले कालिका नगरपालिका–३ मिलनचोकका २२ वर्षीय विजय वाइवाविरूद्ध एक महिना कैदको फैसला गरेको छ । पीडित बालिकालाई वाइवाले गत भदौ १७ गते

क्याम्पस अध्यक्षलाई मोसो दलर दुर्व्यवहार, नौ जना आरोपितविरूद्ध उजुरी

कन्काई बहुमूखी क्याम्पस सुरूङ्गाका सञ्चालक समिति अध्यक्ष प्रकाश चुडाललाई कात्तिक २१ गते मोसो दलेर दुर्व्यवहार गरेको आरोपमा नौ जना विद्यार्थीविरूद्ध प्रहरीमा उजुरी दर्ता भएको छ । क्याम्पस सञ्चालक समितिले नेकपा

एउटै वडाका ८५ प्रतिशत बासिन्दा लालपूर्जाविहीन

कमलामाई नगरपालिकाका एकै वडाका ८५ प्रतिशत जनसङ्ख्या ४८ वर्षदेखि लालपूर्जा विहीन छन् । कमलामाई नगरपालिका–९ को भिमान बजार र आसपासका १२ ओटा बस्ती २०२८ सालदेखि लालपूर्जा विहीन अवस्थामा बस्दै आएको

प्रतिबन्धित नेकपाका १६ जना कार्यकर्ता गिरफ्तार

नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य सहित १६ जना कार्यकर्तालाई प्रहरीले कात्तिक २२ गते गिरफ्तार गरेको छ । गौमुल गाउँपालिकामा चन्दा सङ्कलन सङ्गठन विस्तार गरिरहेको सूचनाका आधारमा

सामाजिक अभियन्ताहरूको सक्रियतामा बाल विवाह रोकियो

राक्सिराङ गाउँपालिका–८ चे गाउँमा हुन लागेको बाल विवाह सामाजिक अभियन्ताहरूको सक्रियतामा रोकिएको छ । स्थानीय श्री आधारभूत विद्यालयमा अध्ययनरत कक्षा ७ मा अध्ययनरत १७ वर्षीया बालिकासँग कात्तिक २१ गते चेपाङ

बलात्कार गरेको कसुरमा ६ महिना कैद सजाय

सात वर्षीया बालिकालाई बलात्कार गरेको कसुर ठहर गर्दै पर्वत जिल्ला अदालतले कात्तिक २१ गते १२ वर्षीय बालकलाई ६ महिना कैदको फैसला गरेको छ  । न्यायाधीश सुर्यबहादुर थापाको इजलासले आरोपित बालकलाई

बालविवाह रोक्न पुरोहितलाई प्रशिक्षण

कर्णाली प्रदेशमा बढदो बालविवाहलाई न्युनीकरण गर्न कात्तिक २० गते प्रदेशका दशओटै जिल्लामा रहेका पुरोहितहरूलाई कानुनी प्रशिक्षण दिइएको कर्णाली प्रदेश प्रहरी कार्यालयले जनाएको छ । कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतको आयोजनामा

यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

१६ वर्षीया बालिकालाई यौन दुर्व्यवहारगरेको आरोपमा प्रहरीले गोडैता नपा–९ सिसौटीयाका २१ वर्षीय वीरेन्द्र यादवलाई कात्तिक २१ गते गिरफ्तार गरेको छ । विद्यालयमा पढ्न गएकी बालिकालाई आरोपितले कात्तिक २१ गते यौन

बलात्कार प्रयास घटनाका आरोपित विरूद्ध प्रहरीमा उजुरी दर्ता

२१ वर्षीया महिलालाई बलात्कार प्रयास गरेको घटनाका लहान नपा–१५ घर भई हाल गोलबजार नपा–११ बस्ने ४५ वर्षीय हिरन सदायविरूद्ध पीडित पक्षले दिएको उजुरी इलाका प्रहरी कार्यालय गोलबजारले कात्तिक २० गते

अपहरित बालिकाको खोजी गर्न पीडित परिवारको माग

१५ वर्ष ११ महिना ७ दिनकी बालिकालाई खडग नपा–९ शर्पा टोलका २१ वर्षीय मो. नौसाद आलम र राजविराज नपा–९ बिहारपुरका ३९ वर्षीय फिदा हुसेन लगायतका चार जनाले अपहरण गरी शरीर

यौन दुर्व्यवहार घटनाका आरोपितविरूद्ध उजुरी

१५ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा पीडित परिवारले जिल्ला प्रहरी कार्यालय सिरहामा सिरहा नपा–१५ का २४ वर्षीय झगरू भनिने रामप्रताप यादवविरूद्ध कात्तिक २० गते उजुरी दिएका छन् । पीडित

६३ जना कैदीबन्दीका लागि एउटा धारो, दिन बिराएर आउने पानी अपुग

जिल्ला कारागार ओखलढुङ्गामा पानीको अभाव हुँदा समस्या भएको कैदीबन्दीले गुनासो गरेका छन् । कारागारमा कैदीबन्दीलाई खानेपानीसहित दैनिकीका लागि आवश्यक पानीको अभाव छ । क्षमता भन्दा दोब्बर बढी कैदीबन्दी राखिएको कारागारमा