INSEC Online

📅 २०८३ जेष्ठ २१

प्रतिबन्धित नेकपाका पूर्व कार्यकर्ता गिरफ्तार

नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको प्रतिबन्धित नेकपाका तत्कालिन गण्डक ब्युरो सदस्य स्याङ्जा जिल्ला घर भई पोखरा मनपा–१६ तल्लो दीपस्थित जोगिमणी मार्ग बस्ने विनोद सोनामलाई कात्तिक २१ गते आफ्नै डेराबाट प्रहरीले गिरफ्तार गरेको छ ।

कात्तिक २१ गते बिहान पोखरा मनपा–७ स्थित मुख्य निर्वाचन अधिकृतको कार्यालय नजिक भएको विष्फोटमा संलग्न भएको आशङ्कामा अनुसन्धानका लागि गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यलय, कास्कीका डिएसपी राजकुमार केसीले जानकारी दिए ।

‘हिजो विस्फोट भएको एरियामा उनलाई सिसिटिभीमा देखिएको छ । त्यसैले आवश्यक अनुसन्धानका लागि गिरफ्तार गरिएको हो ।’–डिएसपी केसीले भने ।

सोनमले केही दिन अगाडि विप्लव नेतृत्वको नेकपा परित्यागको घोषणा समेत गरेका थिए । गिरफ्तार गरिएका सोनमलाई जिल्ला प्रहरी कार्यालय, कास्कीको हिरासतमा राखेर घटनाको अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय, कास्कीले जनाएको छ ।

अन्य

भिडियो