INSEC Online

📅 २०८३ जेष्ठ २१

क्याम्पस अध्यक्षलाई मोसो दलर दुर्व्यवहार, नौ जना आरोपितविरूद्ध उजुरी

कन्काई बहुमूखी क्याम्पस सुरूङ्गाका सञ्चालक समिति अध्यक्ष प्रकाश चुडाललाई कात्तिक २१ गते मोसो दलेर दुर्व्यवहार गरेको आरोपमा नौ जना विद्यार्थीविरूद्ध प्रहरीमा उजुरी दर्ता भएको छ ।

क्याम्पस सञ्चालक समितिले नेकपा निकट विद्यार्थी सङ्गठन अखिल नेपाल राष्ट्रिय विद्यार्थी सङ्गठनका (अनेरास्यवियू)का नेताहरू नारायण पोख्रेल, नविन राई, उत्सव बास्तोला, अनुप भण्डारी, रवीन्द्र रोक्का, रोशनचेतन घिमिरे, बुद्धि चापागाँई, ऋषिराम पोख्रेल र भिष्म पौडेलविरूद्ध इलाका प्रहरी कार्यालय अनारमनीमा उजुरी गरिएको पीडित चुडालले इन्सेकलाई बताए ।

प्राध्यापक हरि तिम्सिनालाई करार नविकरण नगरेको विरोधमा कात्तिक १४ गतेदेखि केही प्राध्यापकहरूले पेनडाउन गर्दै आएका थिए ।

छलफल गरी समस्या समाधान गर्ने बारेमा जानकारी गराउन क्याम्पसको बैठकमा गएको बेला विद्यार्थीले मोसो दलेको अध्यक्ष चुडालले बताए ।

इलाका प्रहरी कार्यालयका प्रमख डिएसपी मोहनकुमार थापाले उजुरी परेकाहरूलाई कात्तिक २२ गते दिउँसोसम्म गिरफ्तार गर्न नसकेको बताए ।

अन्य

भिडियो