विद्यालय र शिक्षा शाखामा तालाबन्दी, विद्यार्थी र सेवाग्राही मार्कामा
नेपालको संविधान २०७२ को धारा ३१ (१) मा प्रत्येक नागरिकलाई आधारभूत शिक्षामा पहुँचको हक हुने व्यवस्था गरिएको भएपनि भिमदत्त नगरपालिकास्थित सामुदायिक विद्यालयहरु बन्द गरिएपछि विद्यार्थीहरु पठनपाठनबाट वञ्चित भएका छन् ।





