रिब्दीकोट गाउँपालिका–८ पेलाचौरकी ६२ वर्षीया मेनु सारूको हत्या गरेको आरोपमा प्रहरीले ४३ वर्षीय छोरा कृष्णबहादुर सारूलाई मङ्सिर १० गते गिरफ्तार गरेको छ ।
मेनुलाई आरोपितले मङ्सिर ९ गते मादक पदार्थ सेवन गरी सालको लाठीले कुटपिट गर्दा मृत्यु भएको प्रहरीले जनाएको छ ।

घटना लगत्तै मङ्सिर ९ गते पीडित पक्षले जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको र उजुरीका आधारमा आरोपितलाई गिरफ्तार गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका डिएसपी रामेश्वर त्वातीले बताउनु भयो ।
शवको पोष्टमार्टम मङ्सिर १० गते पाल्पा अस्पतालमा गरिएको छ ।