INSEC Online

📅 २०८३ जेष्ठ २१

यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

२९ वर्षीया महिलालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले मङ्सिर १० गते सोलुखुम्बु जिल्ला दुधकुण्ड गाउँपालिका–१ बेनी घर भई हाल रामेछापको उमाकुण्ड गाउँपालिका–१ लाहाछेवरमा डेरागरी बस्दै आएका ३९ वर्षीय चित्रबहादुर विश्वकर्मालाई गिरफ्तार गरेको छ ।

16 days campaignNepali

पीडित महिलालाई आरोपितले मङ्सिर ९ गते यौन दुर्व्यवहार गरको भनी पीडितले प्रहरीमा उजुरी गरेपछि अनुसन्धानका लागि आरोपितलाई गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर श्रीशङ्कर श्रेष्ठले जानकारी दिनुभयो ।

पीडित महिलाको स्वास्थ्य परीक्षण मङ्सिर १० गते प्राथमिक स्वास्थ्य केन्द्र मन्थलीमा गरिएको छ ।

अन्य

भिडियो