जुम्लाकोटमा खानेपानी अभाव ः १ सय ७२ घरधुरीको दुई धारा मात्रै
तिला गाउँपालिका–८ जुम्लाकोट जुम्ला जिल्लाको विकट बस्ती हो । त्यस गाउँमा पुग्नका लागि सडक खनिए पनि रारालिहिस्थित तिला नदीमाथि पक्की पुल निर्माणाधिन अवस्थामा रहेकाले सवारी साधन चल्ने गरेका छैनन् ।





