INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार घटनाका आरोपित गिरफ्तार

१६ वर्षीया बालिकालाई जेठ २८ गते बलात्कार गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय मुस्ताङको प्रहरी टोलीले जेठ ३० गते बारागुङ मुक्तिक्षेत्र गाउँपालिका–३ चैलेका २९ वर्षीय राजन बिकलाई जोमसोमबाट गिरफ्तार गरेको छ ।

पीडित पक्षले आरोपितविरूद्ध जेठ ३० गते दिएको उजुरीका आधारमा प्रहरीले घरपझोङ गाउँपालिका–४ जोमसोमबाट आरोपितलाई गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालय मुस्ताङका इन्स्पेक्टर गोपिकृष्ण सुवेदीले जानकारी दिनु भयो ।

पीडित बालिकाको स्वास्थ्य परीक्षण जिल्ला अस्पताल जोमसोममा जेठ ३० गते गरिएको जोमसोम अस्पतालका निमित्त मेडिकल सुपरिटेण्डेण्ट विशाल तिवारीले इन्सेक प्रतिनिधिलाई जानकारी दिनु भयो ।

अन्य

भिडियो