१४ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले लुम्बिनी साँस्कृतिक नपा–१२ का २२ वर्षीय अनिल जयसवाललाई जेठ ३० गते गिरफ्तार गरेको छ ।
पीडितलाई आरोपितले जेठ २६ गते यौन दुर्व्यवहार गरेको भन्दै पीडित पक्षले जेठ ३० गते इलाका प्रहरी कार्यालय लुम्बिनीमा उजुरी दिनु भयो ।
आफु आरोपितको घरको छतमा कपडा सुकाउन जाँदा जबरजस्ती सेल्फी खिचेर अन्य केटाहरूलाई पठाएको र दुर्व्यवहार गरेको पीडितले बताउनु भयो ।
उजुरीका आधारमा कारवाही गिरफ्तार गरी थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय लुम्बिनीका इन्सपेक्टर युवराजजंग कार्कीले बताउनु भयो ।
पीडितको स्वास्थ्य परीक्षण जेठ २९ गते भीम अस्पताल भैरहवामा गरिएको छ ।