INSEC Online

📅 २०८३ असार १०

समाचार

पत्रकारहरूको निरन्तर विरोध प्रदर्शन

सप्तरीका पत्रकारहरूले छैठो दिन पनि आन्दोलनलाई निरन्तरता दिदै साउन २९ गते राजविराजमा विरोध जुलुश प्रदर्शन गरेका छन् । प्रेस स्वतन्त्रताको रक्षा र पत्रकारमाथि भएको आक्रमणका विरुद्ध न्याय खोज्दै पत्रकारहरूले निरन्तर

भिमदत्त राजमार्ग सुचारू नहुँदा स्थानीय समस्यामा

सुदूरपश्चिमका सात पहाडी जिल्ला जोड्ने भिमदत्त राजमार्ग एक सातासम्म सुचारू हुन नसक्दा स्थानीयहरूले समस्या झेल्नु परेको छ । कैलाली जिल्ला गोदावरी नगरपालिका–४ बुढीतोला क्षेत्रमा साउन २३ गते खसेको पहिरोले राजमार्ग

गर्भवतीहरु घरमै बच्चा जन्माउन बाध्य

महाकाली नगरपालिका–६ मा बर्थिङ् सेन्टर (प्रसूती सेवा) नहुँदा गर्भवतीहरु घरमै बच्चा जन्माउन बाध्य भएका छन् । प्रसूती सेवा नपाउँदा गत आर्थिक वर्ष ०७९ / ०८० मा ६ जना महिलाले घरमै

बाढीले ४ सय ५० घर डुबान, तीन जना बेपत्ता

बर्दिया जिल्लाका केही स्थानीय तहमा भएको अविरल वर्षा र बाढीका कारण चार सय ५० घर डुबानमा परेको छन् भने तीन जना बेपत्ता भएका छन् । डुबानका कारण विस्थापित भएकाहरूलाई विद्यालय,

व्यास नगरपालिकाकाे न्यायिक समितिमा एक वर्षमा ५४ उजुरी, २० फर्छ्यौट

व्यास नगरपालिकाको न्यायिक समितिमा एक वर्षमा ५४ उजुरी दर्ता भएका छन् । ति मध्ये २० उजुरी फर्छ्यौट भएका छन् । गत आर्थिक वर्ष २०७९/०८० मा परेका ५४ उजुरीमध्ये अधिकांश मेलमिलापबाट समाधान

माइतिघर धर्नाबाट सिंहदरबार दक्षिण गेट पुगेका आरती साहका बुबाआमासहित २२ जना गिरफ्तार

दाइजोको निहुँमा आरती साहको हत्या गरेको आरोपसहित घटनाको निष्पक्ष छानबिन गर्न माग गर्दै ०८० असार १ गतेदेखि माइतिघरमा रिले अनशन बसिरहेका र साउन २९ गते सिंहदरबार दक्षिण गेट पुगेका ४७ वर्षीय विनोदप्रसाद

नेपाल नागरिक उड्यन प्राधिकरणले हवाई उडानमा रोक लगाएपछि हुम्लामा खाद्यान्न अभाव

नेपाल नागरिक उड्यन प्राधिकरणले गत दुई हप्तादेखि देशकाे एउटा साइडबाट मात्रै हवाई उडान गर्ने विमान स्थलका लागि दिउसो साढे १२ बजेदेखि पछि हवाई उडानमा रोक लगाएपछि जिल्लामा खाद्यान्न ढुवानीमा समस्या

हत्या घटनाका आरोपित गिरफ्तार

मैवाखोला गाउँपालिका-६ फाकुम्बाकी ६३ वर्षीया धनमाया लिम्बूको हत्या गरेको आरोपमा प्रहरीले ३३ वर्षीय छोरा डिल्लीकुमार लिम्बूलाई गिरफ्तार गरेको छ । पीडितलाई आरोपितले साउन २९ गते खुकुरी प्रहार गरी हत्या गरेको

समाचारको विषयलाई धम्की दिएको पत्रकारको आरोप

फाकफोकथुम गाउँपालिका-४ फुयाँतप्पा ४४ वर्षीय पत्रकार लिला लिम्बूले समाचारको विषयलाई लिएर चुलाचुली गाउँपालिका-६ साखफाराका २० वर्षीय सौगात राईले धम्की दिएको आरोप लगाउनु भएको छ । लोकलसन्देश डटकममा कार्यरत र नेपाल

बालसुधार गृह व्यवस्थापन हुँन नसक्दा समस्या

जिल्लास्थित बालसुधार गृहको व्यवस्थापन हुन नसकेपछि सुधार गृहमा राखिएका बालकहरुलाई समस्या भएको छ । २५ जनाको क्षमता रहेको बालसुधार गृहको व्यवस्थापन हुन नसक्द क्षमता भन्दा बढी बालकहरुलाई सुधार गृहमा राखिएपछि

यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

आठ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा हुम्लाको सिमिकोट गाउँपालिका-६ घर भई ललितपुर महानगरपालिका-२२, बुङ्गमतीस्थित ब्लेस हाउस एण्ड चाइल्ड केयरका सञ्चालक ४१ वर्षीय दत्तसिंह बुढालाई प्रहरीले ०८० साउन २८ गते

कैदी शङ्कास्पद मृत्यु घटनाः कैदीबन्दी र कर्मचारीको छुट्टाछुट्टै विज्ञप्ति

खाँदवारी नगरपालिका-१ स्थित हस्पिटल गेटमा रहेको जिल्ला कारागारका दुई जना कैदीको साउन २४ गते शङ्कास्पद मृत्यु भएको घटनालाई लिएर कैदीबन्दी र कर्मचारीले छुट्टाछुट्टै विज्ञप्ति जारी गरेका छन् । प्रहरीको यातनाबाट

कैदी शङ्कास्पद मृत्यु घटनाः ६ दिनपछि पीडित पक्षले बुझ्यो शव

खाँदवारी नगरपालिका-१ स्थित हस्पिटल गेटमा रहेको जिल्ला कारागारका दुई जना कैदी शङ्कास्पद मृत्यु भएको ६ दिनपछि पीडित परिवारले शव बुझेको छ । प्रहरीको यातनाबाट ०८० साउन २४ गते मारिएका भनिएका

महादेव आधारभूत विद्यालयमा पठनपाठनमा समस्या

पुचौँडी नगरपालिका–२ स्थित महादेव आधारभूत विद्यालयको जीर्ण अवस्थामा रहेको भवन पुनर्निर्माण हुन नसक्दा पठनपाठन प्रभावित हुँदौ अएको छ । विद्यालयको ३ कोठे भवन पाँच वर्षदेखि जिर्ण अवस्थामा रहेको भए पनि

बलात्कार घटनाका आरोपितविरूद्ध प्रहरीमा उजुरी

६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा पीडित पक्षले ऐसेलुखर्क गाउँपालिका-३ का १५ वर्षीय एक बालकविरूद्ध प्रहरीमा उजुरी दिएको छ बालिकालाई आरोपितले ०८० साउन २८ गते बलात्कार गरेको आरोप प्रहरीमा उजुरी

बलात्कार घटनाका आरोपित गिरफ्तार

१४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले लेटाङ नगरपालिका–५ का २३ वर्षीय युवराज महरालाई साउन २७ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले ०८० साउन २० गते बलात्कार गरेको

वडाध्यक्ष कुटपिट घटनाका आरोपित विरुद्ध उजुरी

भिमदत्त नगरपालिका १८ का वडाध्यक्ष रविन्द्र प्रसाद देवकोटालाई कुटपिट गरेको आरोपमा राष्ट्रिय युवा संघका कार्यकर्ता कमल रोकाया, केशव चन्द, रोहितजङ्ग कुँवर, प्रविन बोगटी, र नविन चन्दका विरुद्ध पीडित पक्षले ०८०

कारागार अनुगमनः तीन गुणा बढी बन्दी

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) र एडभोकेसी फोरम मधेस प्रदेश कार्यालय, जनकपुरधामको टोलीले साउन २८ गते राजविराज नगरपालिका–६ स्थित जिल्ला कारागारको अनुगमन गरेको छ । इन्सेक सदस्य बैद्यनाथ झा, मधेस

चन्दा माग गर्दै मार्ने धम्की दिएको आरोपमा दुई जना गिरफ्तार

नेपाल कम्युनिस्ट पार्टी बहुमतको सदस्य भन्दै धम्की दिएर चन्दा सङ्कलन गरेको आरोपमा प्रहरीले सल्यान जिल्ला त्रिवेणी गाउँपालिका –५, फालाबाङका  २८ वर्षी धनराज परियार (तुफान) र छत्रेश्वरी गाउँपालिका–१ दमाचौरका २७ वर्षीय

मुस्ताङमा आएकाे बाढीले जनजिवन प्रभावित, एक अर्ब बढीको क्षति हुन सक्ने अनुमान

लगातारको वर्षा सँगै साउन २८ गते राति मुस्ताङको कागखोलामा आएको बाढीले ३१ ओटा भौतिक संरचनामा क्षति पुगेको प्रहरीले जनाएको छ । क्षति भएको भवन तथा भौतिक संरचना, पशु चौपाया एवम् सवारी साधन