INSEC Online

📅 २०८३ जेष्ठ २१

महादेव आधारभूत विद्यालयमा पठनपाठनमा समस्या

पुचौँडी नगरपालिका–२ स्थित महादेव आधारभूत विद्यालयको जीर्ण अवस्थामा रहेको भवन पुनर्निर्माण हुन नसक्दा पठनपाठन प्रभावित हुँदौ अएको छ । विद्यालयको ३ कोठे भवन पाँच वर्षदेखि जिर्ण अवस्थामा रहेको भए पनि पुनर्निर्माण कार्य सुरु गरिएको छैन् ।

भवन अभावले शिशु र कक्षा १ का बालबालिकाहरुलाई एउटै कोठामा राखेर पढाउनु पर्ने बाध्यता रहेको प्रधानाध्यापक नवराज भट्टले बताउनु भयो । कोठा अभावका कारण कक्षा कोठा भित्रै दिवाखाजा बनाउने गरिएको उहाँले  बताउनु भयो । ‘भवन अभावले शिशु र कक्षा १ का बालबालिकाहरुलाई एउटै कक्षकोठामा बसालेका छौँ, दिवा खाजा समेत सोहि कक्षामा पकाउने गरेकाले समस्या छ,’ उहाँले भन्नु भयो ।

photo20230814baitadi (1)

पुरानो भवन जीर्ण भएर भत्कीने अवस्थामा पुगेकाले कतिखेर अप्रिय घटना हुन्छ भनेर डर हुने गरेको  प्रधानाध्यापक भट्टले  बताउनु भयो । सिलेटले  छाएको तीन कोठे जीर्ण भवन पानी परे चुहिने भएकाले झन समस्या हुने  गरेको उहाको भनाइ छ । ‘स्थापना कालदेखिको पुरानो भवन जीर्ण भएर भत्कीने अवस्थामा छ । चुहिन्छ पनि, अर्को भवन जस्तापाताले छाएको छ त्यो नि चुहिन्छ । हामीलाई भवनको  सारै अभाव छ, प्रधानाध्यापक भट्टले भन्नु भयो ।

कक्षा ८ सम्म पढाइ हुने महादेव आधारभूत विद्यालयमा ६ ओटा मात्रै कक्षा कोठाहरु छन् । पानी परेकाबेला सबै विद्यार्थी एउटै  कोठामा  बसालेर  पढाउने  गरिएको र घाम लागेको दिन विद्यार्थीलाई भूइँमा बसालेर अध्ययन गराउने गरिएको उहाँको भनाइ छ ।

photo20230814baitadi (3)

राष्ट्रपति शैक्षिक सुधार कार्यक्रममा पटक–पटक भवनका लागि निवेद दिए पनि राज्यले नहेरेको स्थानीयहरुको गुनासो रहेको छ । शक्ति र पहुँचका आधारमा विकास र निर्माणका कार्यहरु गरिने परिपार्टीले दुर्गम क्षेत्रका पीडितहरुका मागहरु पुरा नहुँने गरेको प्रधानध्यापक भट्टको भनाइ छ ।

विद्यालय भवन जीर्ण भएका कारण पठनपाठनमा समस्स्य भएको भन्ने बारे जानकारी प्राप्त भएकोले आगामी आर्थिक वर्षमा विद्यालय भवन निर्माणलाई प्राथमिकतामा राखिने पुचौँडी नगरपालिका प्रमुख दिपकबहादुर बमले बताउनु भयो ।

photo20230814baitadi (2)

अन्य

भिडियो