INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार घटनाका आरोपित गिरफ्तार

१४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले लेटाङ नगरपालिका–५ का २३ वर्षीय युवराज महरालाई साउन २७ गते गिरफ्तार गरेको छ ।

पीडित बालिकालाई आरोपितले ०८० साउन २० गते बलात्कार गरेको आरोपमा पीडित पक्षले आरोपितविरूद्ध साउन २७ गते इलाका प्रहरी कार्यालय, लेटाङमा उजुरी दिएको थियो ।

पीडित पक्षको उजुरीका आधारमा आरोपितलाई अनुसन्धानका लागि घरबाट गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर पप्पु नायकले बताउनु भयो ।

पीडित बालिकाको स्वास्थ्य परीक्षण कोशी अस्पतालमा साउन २८ गते गरिएको छ ।

अन्य

भिडियो