INSEC Online

📅 २०८३ जेष्ठ २१

अपाङ्गमैत्री भौतिक संरचना नहुँदा अपाङ्गता भएकालाई समस्या

जिल्लामा अपाङ्गमैत्री भवन निर्माण नभएका कारण सेवा प्रवाह गर्ने निकायबाट सेवा लिन समस्या भएको अपाङ्गता तथा अशक्त भएका व्यक्तिहरूले गुनासो गरेका छन् । रामेछापका स्थानीय तहका भवनहरू अपाङ्गमैत्री नबन्दा सेवा लिन जाने अपाङ्गता भएका नागरिक सोझै कार्यालय भित्र जानबाट वञ्चित भएको हो ।

जिल्लामा दुई ओटा नगरपालिका र ६ ओटा गाउँपालिका रहेका छन् । ती मध्ये रामेछाप नगरपालिका र मन्थली नगरपालिकाले आफ्ना प्रशासकीय भवन बनाई सकेका छन् । त्यस्तै गोकुलगङ्गा गाउँपालिकाले पनि प्रशासकीय भवन बनाई सकेको छ । उमाकुण्ड गाउँपालिकाको नयाँ भवन बन्दै छ । खाँडादेवी, सुनापति र दोरम्बा गाउँपालिकाका अस्थायी भवन छन् । लिखु तामाकोसी गाउँपालिका भाडाकै भवनमा बस्दै आएको छ ।

Photo_080-5-4_Ramechhap

स्थायी भवन बनाएका स्थानीय तहका भवन पनि उपाङ्गमैत्री छैनन् । अस्थायी भवन भएका स्थानीय तहमा समेत ह्विलचियर भित्रसम्म जान संरचना छैनन् । नयाँ बनेका संरचना पनि अपाङ्गमैत्री नबन्नु अपाङ्गताप्रतिको असंवेदनशीलता भएको लोकतान्त्रिक अपाङ्ग महासङ्घ रामेछापका अध्यक्ष पुरुषोत्तम घिमिरे बताउनुहुन्छ । ‘यो अपाङ्गता भएका प्रतिको बेवास्ता हो’, उहाँले भन्नुभयो ।

नीय तहका प्रशासकीय भवन मात्र होइन नयाँ बनेका वडा कार्यालयका भवन समेत अपाङ्गमैत्री छैनन् । मन्थली नगरपालिकाले बनाएका वडा कार्यालयका नयाँ भवन कुनै पनि अपाङ्गमैत्री छैनन् । गोकुलगङ्गा गाउँपालिकाले ६ ओटै वडा कार्यालयका भवन बनाई सकेको छ । तर कुनै पनि भवन अपाङ्गमैत्री छैनन् । अन्य स्थानीय तहले बनाएका वडा कार्यालय पनि अपाङ्गमैत्री छैनन् ।

मन्थली नगरपालिका प्रमुख लब श्रेष्ठ भवन बनाउने बेलामा सो कुराको ख्याल नगरिएको बताउनहुन्छ । त्यसैले अपाङ्गता भएकाले आफूसँग भेट गर्न सकुन् भनेर आफू भवन सबैभन्दा तल्लो तलामा बस्ने गरेको उहाँले बताउनु भयो ।

ठूला ठूला भवन बन्दा पनि ह्विलचियर जान नसक्ने तथा भेट्नु पर्ने कर्मचारीहरू तीन/चार तला माथि बस्दा त्यहाँसम्म पुग्न ज्येष्ठ नागरिकलाई समेत गाह्रो हुने ज्येष्ठ नागरिक सङ्घ, रामेछापका अध्यक्ष नारायणदास श्रेष्ठले जानकारी दिनुभयो ।

Photo_080-5-4_Ramechhap1

अन्य

भिडियो