INSEC Online

📅 २०८३ जेष्ठ २१

दुई महिनादेखि पारिश्रमिक नपाएको स्वास्थ्यकर्मीको गुनासो

गुठिचौर गाउँपालिकामा कार्यरत स्वास्थ्यकर्मीले दुई महिनाको पारिश्रमिक र पोशाक भत्ता नपाएको गुनासो गरेका छन् ।

देपागाउँ स्वास्थ्य चौकीमा कार्यरत सिनियर अहेव देवानन्द तिमल्सिनाले दुई महिनादेखि तलब नपाएको गुनासो गर्नुभयो । उहाँले भन्नुभयो अघिल्लो आर्थिक वर्ष २०७८/७९ मा असारको तलब पाएनौँ । गतवर्ष ०७९/८० मा जेठ र असारको तलब पाएका छैनौँ ।

उहाँले भन्नुभयोे, “तलबकै भरमा छोराछोरी पढाई रहेकाछौँ । घरमा जेनतेन गुजारा गरेपनि काठमाडाँै होस्टेलमा बस्ने छोराछोरीलाई प्रत्येक महिना पैसा नपठाए खान बस्ननै मुस्किल हुन्छ । छोरीले डाक्टरी पढ्दै छ । तर पालिकाले तलब समयमै हाल्दैन् । स्वास्थ्यकर्मीका समस्या प्रति पालिकाका जनप्रतिनिधि र प्रशासनका कर्मचारीले चासो दिदैनन । हामी निकै मर्कामा छौ ।”

अरु शाखाका कर्मचारी महिना नपुग्दै तलब बुझ्छन् । तर हामीलाई महिना परै जावस दुई महिना बित्दा पारिश्रमिक पाउने पत्तो हुदैन । समयमै नपाइने तलब, पछि ४/५ महिनाको एकमुष्ट पाएर के अर्थ अहेब तिमल्सिनाको भनाई छ ।

त्यस्तै देपालगाउँ स्वास्थ्य चौकीकै इन्चार्ज क्षेत्रबहादुर खत्री पनि समयमै तलब भत्ता नपाउँदा गुठिचौरका स्वास्थ्यकर्मी मर्कामा परेको बताउनु हुन्छ । उहाँले पनि गत आबको जेठ असारको तलब नपाएको गुनासो गर्नुहन्छ । उहाँले भन्नुभयोे, “रातदिन खटिने स्वास्थ्यकर्मीले तलब नपाउँदा आफै अस्वस्थ छौँ । अब असोजमै पाँच महिनाको तलब बुझ्छौ होला । त्यतिबेला के अर्थ ? प्रत्येक वर्ष स्वास्थ्यकर्मीले तलब नपाउने समस्या अन्त्य गर्न पालिका प्रमुखको ध्यान पुग्न सकेको छैन ।”

समयमै तलब नपाँउदा क्षेत्रबहादुर खत्री र देवानन्द तिमिल्सिना मात्रै हैन् गुठिचौर गाउँपालिका अन्तर्गत रहेका तीन स्वास्थ्य चौकीसहित दुई आधारभूत स्वास्थ्य सेवा केन्द्रका १७ जना स्वास्थ्यकर्मी मर्कामा परेका छन ।

मणिसाँघु स्वास्थ्य चौकी, गज्र्याङ्गकोट स्वास्थ्य चौकी र देपालगाउँ स्वास्थ्य चौकी तथा गुठिगाउँ आधारभुत स्वास्थ्य सेवा केन्द्र र गज्र्याङ्गकोट आधारभुत स्वास्थ्य केन्द्र गरी १७ जना स्थायी र १२ जना करार गरी २९ जना स्वास्थ्यकर्मी छन ।

गुठिचौरका स्वास्थ्य शाखा प्रमुख बालाराम नेपालीले भन्नुभयो, “पालिकाका जम्मा २९ जना स्वास्थ्यकर्मी मध्ये करारका १२ जनाले पालिकाबाटै तलब बुझिसकेका छन् । तर स्थायी १७ जनाले दुई महिनाको तलब पाएका छैनौ । समयमै बजेट नआएको र असार २४ गते ५ बजे ५२ लाख माग गरिएकोमा ३० लाख मात्रै बजेट आएको तर अन्तिममा सर्वरले काम नगर्दा चेक काट्न नपाएपछि स्वास्थ्यकर्मीले तलब खान पाएनन् ।”

प्रमुख प्रशासकीय अधिकृत समेत स्वास्थ्यकै कर्मचारी भएकाले उहाँले पनि तलब पाउनु भएको छैन । समयमै मन्त्रालयबाट बजेट नआउने, बेलैमा पालिकाले पहल नगर्ने, जस्ता समस्याले स्वास्थ्यकर्मीले तलब नपाएका हुन् ।

स्वास्थ्यकर्मीले समयमै तलब नपाउनुका साथै स्वास्थ्य क्षेत्रमा अपेक्षित सुधार नभएको स्वास्थ्य शाखा प्रमुख नेपालीले बताउनु भयो । स्वास्थ्य सेवा प्रवाहमा नागरिकको पहुँच बृद्धि गर्न तथा सार्वजनिक शिक्षालाई सुदृढीकरण गर्ने नीति बनेको छ । तर कार्यन्वयन छैन । स्वास्थ्य क्षेत्र नारा र नीतिमा प्राथमिकतामा भएपनि कार्यन्वयनमा शुन्य छ ।

“गत आवमा स्वास्थ्य क्षेत्रमा सन्तोषजनक बजेट छुट्टाएकोमा यस वर्ष ८/१० लाख रुपियाँ मात्रै छुट्टाएको सुनेको छु । बजेट स्पष्ट हेर्न पाएको पनि छैन । बजेट प्रस्तुतिका बेला अध्यक्ष उपाध्यक्ष बीच भएको लफडाबारे सबै जानकार नै छौँ । स्वास्थ्य र शिक्षालाई प्राथमिकता दिने नारा अनुसार काम हुन सकेको छैन् । पालिकामै भिडियो एक्सरे, ल्याबको व्यवस्थापन गर्न धेरै पटक माग गरेपनि सुनुवाई भएको छैन् । चोत्रा र मुलुरीमा सामुदायिक स्वास्थ्य इकाई स्थापना गर्न माग गरेपनि स्थापना हुन सकेको छैन् । नीति र नारामा प्राथमिकता परेपनि कार्यान्वयनमा स्वास्थ्य क्षेत्र उपेक्षामा छ” उहाँले भन्नुभयोे ।
गुठिचौर गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत गमबहादुर रोकायाले मन्त्रालयबाटै असार २४ गतेका दिन ७ बजे अख्तियारी आएको र पुँजिगतको भुक्तानी गर्दागर्दै समयले नभ्याएर स्वास्थ्यकर्मीले तलब नपाएको बताउनु भयो । उहाँका अनुसार धेरै पहिलानै तलबको माग गरिए पनि मन्त्रालयले समयमै नपठाउँदा समस्या भएको हो ।

गुठिचौरका अध्यक्ष दानबहादुर बुढाले स्वास्थ्यकर्मीले आफ्नो कमजोरीका कारण नभई लेखापालको कमजोरीले तलब नपाएको बताउनु भयो । उहाँले भन्नुभयोे, “स्वास्थ्यकर्मीले तलब नपाएकोमा दुखि छु । लेखापालको त्रुटिका कारण स्वास्थ्यकर्मीलाई तलब खुवाउन सकिएन् । यद्दपी मैले तलब खुवाउन ताकेता दिएको थिए ।”

गुठिचौरमा स्वास्थ्य ल्याव स्थापना गर्न केन्द्रिय बजेट आइसकेकाले चालु आवमै ल्याव तथा मुरुल्ली र चोत्रा गाउँमा सामुदायिक स्वास्थ्य इकाई स्थापना हुने अध्यक्ष बुढाको भनाइ छ ।

Photo20230822Jumla

अन्य

भिडियो