२१ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले रोल्पा नगरपालिका–४ लिवाङ बस्ने २२ वर्षीय गणेश डाँगीलाई भदौ ४ गते गिरफ्तार गरेको छ ।
पीडितलाई आरोपितले साउन ३ गते प्रलोभन देखाएर बलात्कार गरेको भन्दै पीडित पक्षले जिल्ला प्रहरी कार्यालयमा भदौ ४ गते उजुरी दिएका थिए ।
आफूलाई डाँगीले भाइको कोठामा लगेर बलात्कार गरेको पीडितले इन्सेक प्रतिनिधिसँगको कुराकानीमा बताउनु भयो ।
उजुरीका आधारमा आरोपितलाई गिरफ्तार गरी अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालयका डिएसपी राजनराज गौतमले बताउनु भयो ।
पीडितको स्वास्थ्य परीक्षण हालसम्म नगरिएको प्रहरीले जनाएको छ ।