INSEC Online

📅 २०८३ जेष्ठ २२

समाचार

कर्मचारी हत्याको विरोधमा स्थानीय निकाय ठप्प

शरणामती गाविस-५ का ४२ वर्षीय यामनाथ रिजालको असोज ५ गते भएको हत्याको विरोधमा कर्मचारीहरूले असोज ६ गते जिल्लाका सबै स्थानीय निकायहरूमा कामकाज ठप्प पारेका छन् । उनी शरणामती गाविसमा लेखापालका

मानव अधिकार आयोगको टोली प्रभावित गाउँमा

सिङ्गो गाउँ झाडापखालाबाट प्रभावित भएपछि राष्ट्रिय मानव अधिकार आयोग र इन्सेकको टोलीले कोइलाडी गाविसको निरीक्षण गरेको छ । आयोगका मानव अधिकार अधिकृत रेवा रेग्मी, मानव अधिकार सहायक विभा ढुङ्गाना, नवल

‘अपराधी समाउन के गाह्रो पर्‍यो प्रधानमन्त्री ज्यू ?’-गङ्गामाया

छोराको हत्यामा संलग्न दोषीलाई कारबाहीको माग गर्दै लामो समयदेखि वीर अस्पतालमा उपचारार्थ अवस्थामा नै अनसन बसेकी गोरखा फुजेल-७ की गङ्गामाया अधिकारीले अपराधी समाउन प्रधानमन्त्रीलाई किन गाह्रो परेको भन्दै प्रश्न गरेकी

काठमाडौँ र ललितपुरका विद्यालयमा गराइएको बमकाण्डविरूद्ध प्रदर्शन

विभिन्न सङ्घसंस्थाका प्रतिनिधिहरूले काठमाडौँ र ललितपुर जिल्लाका आधा दर्जन भन्दा बढी विद्यालयमा असोज ४ गते गराइएको बम विष्फोटन र विष्फोटक पदार्थ राखिएको घटनाविरूद्ध असोज ६ गते प्रदर्शन गरेका छन् ।

बलात्कार घटनाका आरोपित गिरफ्तार

३५ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले नेर्पा-६ का ४३ वर्षीय ज्ञानराज राईलाई असोज ६ गते गिरफ्तार गरेको छ । पीडित महिलालाई आरोपितले असोज २ गते बलात्कार गरेको आरोपमा पीडित

बलात्कार घटनाका आरोपित गिरफ्तार

१६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले उदयपुर त्रियुगा नपा-१ स्थायी घर भई हाल दिक्तेल नपा-१ मा बस्ने २२ वर्षीय महेश शाहीलाई असोज ६ गते गिरफ्तार खानीडाँडा एयरपोर्ट नजिकैबाट गरेको

यौन दुर्व्यहारको घटना प्रमुख जिल्ला अधिकारीले मिलाए

धरान उमनपा- १८ मा रहेको विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कार्यरत २४ वर्षीया महिला सुरक्षागार्ड माथि भएको यौन दुर्व्यहारको घटना प्रमुख जिल्ला अधिकारीले असोज ५ गते साँझ मिलापत्र गराएका छन्

कथित बोक्सीको आरोपमा कुटपिट गरी अभक्ष खुवाएको घटनाका आरोपित गिरफ्तार

मधुवनी-९ की ५५ वर्षीया सयरा खातुनलाई असोज ५ गते कथित बोक्सीको आरोपमा कुटपिट गरी अभक्ष खुवाएको आरोपमा प्रहरीले सोही दिन स्थानीय सुलमान अन्सारी, आलम अन्सारी, मजिद अन्सारीलाई गिरफ्तार गरेको प्रहरीले

विद्यालयमा गराइएको बम विस्फोटको नागरिक सञ्जालद्वारा भत्सर्ना

काठमाडौँ उपत्यकाका विभिन्न विद्यालयहरू र विद्यालय परिसरमा असोज ४ गते गराइएको बम विष्फोटन तथा शङ्कास्पद बस्तुहरू राखी आतङ्कित तुल्याएको घटनाप्रति शान्तिका लागि नागरिक समाजको सञ्जाल, पोखराले भत्सर्ना गरेको छ ।

बलात्कार घटनाका आरोपित गिरफ्तार

आठ वर्षीया बालिकालाई बलात्कार गरेको अरोपमा खिदिम गाविस-४ का १७ वर्षीय मधु कुमाललाई प्रहरीले असोज ५ गते उनकै घरबाट गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले असोज ४ गते बलात्कार

बलात्कार घटनाका आरोपित गिरफ्तार

नौ वर्षीया र चार वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा साँखेजुङ् गाविस-४ का प्रजापति भनिने ५५ वर्षीय प्रेमप्रसाद लुईंटेललाई प्रहरीले असोज ५ गते गिरफ्तार गरेको छ । पीडित बालिकाहरूलाई असोज १

बलात्कार प्रयास घटनाका आरोपित गिरफ्तार

३५ वर्षीया एक महिलालाई बलात्कार प्रयास गरेको आरोपमा भर्ता गाविस-१ का २८ वर्षीय धोजे विकलाई जिल्ला प्रहरी कार्यालय कालिकोटले असोज ५ गते गिरफ्तार गरेको जनाएको छ । पीडित महिलालाई आरोपितले

गङ्गामायालाई न्याय देऊः इन्सेक

न्यायको माग गर्दै अनसन बसेकै अवस्थामा गोरखा फुजेलका नन्दप्रसाद अधिकारी दिवङ्गत भएको आज असोज ६ गते दुई वर्षपूरा हुँदासमेत उनको परिवार न्यायका लागि आन्दोलनरत रहनु दुखद भएको इन्सेकले जनाएको छ

सरकारले माग सम्बोधन गर्ने जनाएपछि आमरण अनसन फिर्ता

सरकारले माग सम्बोधन गर्ने जनाएपछि जनकपुर-भिठ्ठामोड सडक संयुक्त सङ्घर्ष समितिले भदौ २८ गतेदेखि महोत्तरीको पिपरा बजारमा जारी राखेको आमरण अनसन असोज ५ गतेबाट फिर्ता लिएको छ । भौतिक पूर्वाधार तथा

पत्रकारमाथि आक्रमण गर्नेलाई कारबाही गर्न माग

नेपाल पत्रकार महासङ्घले रेडियो ‘मिर्मिरे’का पत्रकार सुदीप बर्देवामाथि समाचार सङ्कलनका क्रममा ललितपुरको एकान्तकुनास्थित यातायात व्यवस्था कार्यालयमा प्रहरीद्वारा असोज ५ गते भएको हातपात र नियन्त्रणमा लिएको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको

राजनीतिक अस्त्र र लाभका लागि विद्यालय प्रयोग नगर्न सरोकारवालाहरूको जोड

काठमाडौँमा आयोजित एक कार्यक्रमका सहभागी सरोकारवालाहरूले कुनै पनि दल वा सङ्गठनले राजनीतिक अस्त्र र लाभका लागि विद्यालय र बालबालिका प्रयोग गर्न नहुने बताएका छन् । विद्यालयमा बमकाण्डविरूद्ध नागरिक समाजका सञ्जालहरूको

बलात्कार घटनाका आरोपित गिरफ्तार

६८ वर्षीया बृद्ध महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले ४८ वर्षीय एक व्यक्तिलाई असोज ५ गते गिरफ्तार गरेको छ । पीडित महिलालाई आरोपितले असोज २ बलात्कार गरेको आरोपमा पीडित स्वयम्ले असोज

बलात्कार घटनाका पीडितद्वारा उजुरी दर्ता

२१ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा घ्याल्चोक-५ का २० वर्षीय सुलस गुरुङविरुद्घ पीडितले जिल्ला प्रहरी कार्यालयमा असोज ५ गते उजुरी दर्ता गरेकी छन् । पीडित महिलालाई गत भदौ २३ गते

विविध कार्यक्रम गरी अन्तर्राष्ट्रिय शान्ति दिवस मनाईँदै

‘दिगो शान्तिः राष्ट्र निर्माणको आधार’ भन्ने मूल नाराका साथ असोज ५ गते ३५ औँ अन्तर्राष्ट्रिय शान्ति दिवस देशका विभिन्न जिल्लाहरूमा विविध कार्यक्रम गरी मनाईंदैछ । इन्सेक सुदूरपश्चिमाञ्चल क्षेत्रीय कार्यालयका अनुसार

विवाद मिलाउन आएका प्रहरीद्वारा स्थानीयलाई कुटपिट

झगडा मिलाउन आएका प्रहरीले गोरखा नगरपालिका-११ स्थित अवुँवामा ७१ वर्षीय थमनसिंह बस्नेत र सनकरिया-६, पर्साका ४५ वर्षीय प्रकाश चौधरीलाई निर्घात कुटपिट गरी घाइते बनाएका छन् । गम्भिर घाइते वस्नेतलाई गोरखा