INSEC Online

📅 २०८३ जेष्ठ २२

समाचार

बलात्कार घटनाका आरोपित गिरफ्तार

१४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा दिक्तेल नपा-५ का ३५ वर्षीय कुमार खत्रीलाई प्रहरीले असोज ४ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले भदौ २३ गते बलात्कार गरेको आरोपमा

कथित बोक्सीको आरोपमा कुटपिट गरेको घटनाका आरोपित गिरफ्तार

तुलसीपुर नपा-१९ जसपुरकी ६५ वर्षीया मोति परियारलाई कथित बोक्सीको आरोप लगाएर कुटपिट गरेको आरोपमा सोही नपा-२० की ४२ वर्षीया अनिता भण्डारीलाई इलाका प्रहरी कार्यालय तुलसीपुरले असोज ४ गते गिरफ्तार गरेको

कथित बोक्सीको आरोपमा अमानवीय व्यवहार गरेको घटनाका आरोपित गिरफ्तार

हनुमाननगर योगिनियामाई नपा-९ इनर्वाकी ५० वर्षीया मन्जुदेवी देवलाई कथित बोक्सीको आरोपमा अमानवीयय व्यवहार गरेको आरोपमा प्रहरीले सोही ठाउँका ४३ वर्षीय परमानन्द मण्डल र उनका भाइ ३५ वर्षीय प्रमोद मण्डललाई असोज

अर्धवार्षिक परीक्षासम्म पनि विद्यार्थीले किताब पाएनन्

इलामको देऊमाई नगरपालिकास्थित भगवती उच्च माध्यमिक विद्यालयका कक्षा ७, ८, ९ र १० का विद्यार्थीहरूले अहिलेसम्म पुरै किताब पाएका छैनन् । असोज ५ गतेबाट अर्धवार्षिक परीक्षा सुरु हुने भएपनि हालसम्म

मोर्चाका कार्यकर्ताद्वारा अस्पताल, यात्रुबाहक बस र होटलमा तोडफोड

संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका कार्यकर्ताहरूले असोज ३ गते साँझ ब्ल्याक आउटको समयमा बत्ति बालेको आरोपमा एउटा अस्पताल, पाँच ओटा रात्री बस र एउटा होटलमा ढुङ्गा प्रहार गरी तोडफोड गरेका छन्

दोषीको पहिचान गरी कारबाही गरः इन्सेक

आज बिहान काठमाडौँ र ललितपुरका केही विद्यालयमा गराइएका बम विष्फोटन तथा विस्फोटक पदार्थ राख्ने घटनाहरूप्रति इन्सेकले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । इन्सेकका अध्यक्ष सुबोधराज प्याकुरेलद्वारा असोज ४ गते हस्ताक्षरित

बलात्कार घटनाका आरोपित गिरफ्तार

१७ वर्षीया एक बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले सङ्खुवासभाको जलजला गाविस-३  स्थायी घर भई भोजपुर नपा-७ बस्ने ३३ वर्षीय गुणराज श्रेष्ठलाई असोज ४ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई

काठमाडौँका दुई विद्यालयमा बम विष्फोट

काठमाडौँका दुई विद्यालयमा असोज ४ गते बिहान बम विस्फोट भएको महानगरीय प्रहरी परिसर टेकुले जनाएको छ । बौद्धस्थित आकशद्विप बोर्डिङ स्कूल र मनकामना उच्च माविमा सिलिण्डर बम विस्फोट भएको महानगरीय

मानव अधिकार रक्षक सञ्जालको आग्रहमा अनसनकारीलाई सलाइन 

जनकपुर-भिठ्ठामोड सडक निर्माणको माग गर्दै अनसनमा बसेका चार जनाको स्वास्थ्य अवस्था बिग्रँदै आएपछि मानव अधिकार रक्षक सञ्जालको आग्रहमा उनीहरूले सलाइनपानी लिएका छन् । तेस्रो चरणको आन्दोलनको कार्यक्रम अन्तर्गत भदौ २८

शैक्षिक सत्रको आधा समय हुन लाग्दा पनि पाठ्यपुस्तकको अभाव

शैक्षिक सत्र सुरू भएको पाँच महिना बितिसक्दा पनि जिल्लाका विभिन्न विद्यालयमा पाठ्यपुस्तकको अभाव अझैसम्म पनि छ । विद्यालयमा पाठयपुस्तक नपुग्दा पठनपाठनबाट विद्यार्थीहरू वञ्चित भएका छन् । जिल्लाका उत्तरी क्षेत्रका ३६

एक हजार आठ सय बालबालिका विद्यालयको पहुँच बाहिर

रोल्पा  जिल्लामा अझैपनि १ हजार ८ सय ९३ जना बालबालिका विद्यालयको पहुँच भन्दा बाहिर रहेको जिल्ला शिक्षा कार्यालयले गरेको अध्ययनले देखाएको छ । जिल्लाको पश्चिम क्षेत्रमा रहेका गाविसका बालबालिका विद्यालयको

यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

१५ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले भरतपुर उमनपा-७ का ३३ वर्षीय प्रकाश घिमिरेलाई असोज २ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले असोज १ गते यौन दुर्व्यवहार

संविधान दिवसको अवसरमा विविध कार्यक्रम 

कार्यान्वयनमा लाग्न राष्ट्रपतिको आह्वान राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानसभाबाट जारी नयाँ संविधान कार्यान्वयन गरेर लोकतन्त्रको जगेर्ना गर्न सबै राजनीतिक दलहरूलाई आह्वान गरेकी छन् । संविधान दिवसको अवसरमा असोज २ गते शुभकामना

बलात्कार घटनाका आरोपितविरुद्ध मुद्दा दर्ता

एक १९ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा धनकुटा नपा–७ का सुमन श्रेष्ठविरुद्ध प्रहरीले असोज २ गते जिल्ला अदालतमा मुद्दा दर्ता गरेको छ । पीडित युवतीले भदौ २९ गते बलात्कार गरेको

कुटपिट गरी घाइते बनाएको आरोपमा पति गिरफ्तार

सन्धिखर्क नपा–१५ डिर्भनाकी १९ दिनकी सुत्केरी २३ वर्षीया अञ्जना श्रेष्ठलाई छोरी जन्माएको आरोपमा कुटपिट गरेको आरोपमा २५ वर्षीय पति नारायण श्रेष्ठलाई प्रहरीले असोज २ गते गिरफ्तार गरेको छ । भदौ

गङ्गामायाको बयान लिन सुरु

सशस्त्र द्वन्द्वकालमा मारिएका आफ्ना छोरा कृष्णप्रसाद अधिकारीका हत्यारालाई कारबाहीको माग गर्दै पटक–पटक अनशन बसेकी गङ्गामाया अधिकारीसँग जिल्ला अदालत चितवनले असोज २ गते बयान लिन सुरु गरेको छ । चितवन जिल्ला

आठ बुँदे घोषणापत्र जारी गर्दै मानव अधिकार रक्षकहरूको क्षेत्रीय सम्मेलन सम्पन्न

मानव अधिकार रक्षकहरूको सुदूरपश्चिमाञ्चल क्षेत्रीय सम्मेलन मानव अधिकार रक्षकहरूको आत्मसम्मान र सुरक्षाको प्रत्याभूति गर्न नेपाल सरकारसँग माग गर्ने, उनीहरूको परिचय खुल्ने परिचयपत्रको व्यवस्था गर्न राष्ट्रिय मानव अधिकार आयोगको ध्यानाकर्षण, मानव

कुटपिट गरेको आरोपमा पति गिरफ्तार

चौतारा नपा–६ की ३१ वर्षीया पत्नी सरिता नेपाललाई कुटपिट गरेको आरोपमा ३६ वर्षीय पति सुरज नेपाललाई प्रहरीले भदौ ३१ गते गिरफ्तार गरेको छ । पीडित महिलालाई भदौ २९ गते काठको

शैक्षिक सत्र सुरू भएको पाँच महिना सकिँदासम्म पनि पाठ्यपुस्तक अभाव

शैक्षिक सत्र सुरू भएको पाँच महिना बितेपनि जिल्लाका विभिन्न विद्यालयमा पाठ्यपुस्तक अझै पुग्न सकेको छैन् । विद्यालयमा पाठयपुस्तक नपुग्दा पठनपाठनबाट विद्यार्थी वञ्चित भएका छन् । रोल्पाको अरेस गाविस–५ स्थित अरेस

घटनाको सत्यतथ्य पत्ता लगाउन पीडित परिवारको माग

ओखरकोट गाविस–५ आहालखोलाकी ५६ वर्षीया नमादेवी पोखरेलको घर नजिकै बारीमा विष्फोटक पदार्थमा परी मृत्यु भएको घटना सम्बन्धमा सत्यतथ्य पत्ता लगाउन पीडित परिवारले माग गरेको छ । पीडत परिवारले भदौ ३१