३५ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले नेर्पा-६ का ४३ वर्षीय ज्ञानराज राईलाई असोज ६ गते गिरफ्तार गरेको छ ।
पीडित महिलालाई आरोपितले असोज २ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले असोज ३ गते जिल्ला प्रहरी कार्यालय दिक्तेलमा उजुरी दिएको थियो ।
उजुरीका आधारमा अनुसन्धानका लागि आरोपितलाई गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालय खोटाङका इन्स्पेक्टर सरोज राईले जानकारी दिए ।
पीडित महिलाको स्वास्थ्य परीक्षण असोज ३ गते जिल्ला स्वास्थ्य कार्यालय खोटाङमा गरिएको पनि इन्स्पेक्टर राईले बताए ।