६८ वर्षीया बृद्ध महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले ४८ वर्षीय एक व्यक्तिलाई असोज ५ गते गिरफ्तार गरेको छ ।
पीडित महिलालाई आरोपितले असोज २ बलात्कार गरेको आरोपमा पीडित स्वयम्ले असोज ४ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएकी थिइन् ।
पीडित महिलाको स्वास्थ्य परीक्षण असोज ४ गते जिल्ला अस्पतालमा गरिएको प्रहरीले जनाएको छ ।
आरोपितले मदिरा सेवन गरेर आफ्नै आमालाई बलात्कार गरेको प्ररम्भिक अनुसन्धानबाट खुलेको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर रुद्र चुडालले जानकारी दिएका छन् ।