२१ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा घ्याल्चोक-५ का २० वर्षीय सुलस गुरुङविरुद्घ पीडितले जिल्ला प्रहरी कार्यालयमा असोज ५ गते उजुरी दर्ता गरेकी छन् ।
पीडित महिलालाई गत भदौ २३ गते गुरुङले बलात्कार गरेको आरोपमा प्रहरीमा असोज ४ गते उजुरी दिएको पीडितले बताइन् ।
आरोपित गुरुङ फरार भएकाले खोजि कार्य तीव्र पारिएको जिल्ला प्रहरी कार्यालयका एसपी जनकाराज पाण्डेयले बताए ।
पीडित महिलाको स्वास्थ्य परीक्षण गोरखा अस्पतालमा असोज ४ गते गरिएको प्रहरीले जनाएको छ ।