INSEC Online

📅 २०८३ जेष्ठ २३

समाचार

बेलहिया नाकाबाट तीन जना महिलाको उद्धार

२४, २२ र २१ वर्षीया तीन जना महिलालाई राम्रो जागिर लगाई दिने प्रलोभन देखाएर भारतको बाटो हुँदै कुवेत लैजाँदै गरेको अवस्थामा माइती नेपालको सहयोगमा प्रहरीले वैशाख १० गते साँझ बेलहियाबाट

कास्कीका तीन वटा गाउँपालिकामा तालाबन्दी

माछापुच्छ्रे, अन्नपुर्ण र मादी गाउँपालिकाको कार्यालयमा वैशाख १० गते नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताले तालाबन्दी गरेका छन् । गाउँपालिका कार्यलयको वरपर हँसिया हथौडा अङ्कित पर्चा भेटिएकोले नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट

कम्युनिष्ट पार्टीका कार्यकर्ताद्वारा स्थानीय तहका ‘साइनबोर्ड’ फालियो

नेत्र विक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताले प्यूठान नपा, स्वर्गद्वारी नपा र माण्डवी गाउँपालिकामा रहेका साइनबोर्ड वैशाख १० गते राति फालेका छन् । प्यूठान नपा-७ मा रहेको कार्यालयको साइनबोर्ड,

बलात्कारको उजुरी दर्ता गर्न ढिलाइ भएको भन्दै पहलका लागि इन्सेकसँग सहयोग माग  

२० वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा मालिकार्जुन गाउँपालिका-३ का ३७ वर्षीय गम्भीरसिंह धामीविरुद्ध दिइएको उजुरी प्रहरीले दर्ता गर्न नमानेको भन्दै सहयोगका लागि पीडित पक्षले इन्सेकको सहयोग मागेको छ । पीडितका

बलात्कार घटनाका आरोपितविरुद्ध प्रहरीमा उजुरी दर्ता

१७ वर्षीया बालिकलाई बलात्कार गरेको आरोपमा इस्मा गाउँपालिका-४ का २४ वर्षीय शिवलाल थापाविरुद्ध वैशाख १० गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दर्ता गरिएको छ । पीडित बालिकालाई आरोपितले वैशाख ६ गते

माओवादी केन्द्रबाट आचारसंहिता उल्लङ्घन भएको काङ्ग्रेस र एमालेको आरोप

रामेछाप जिल्लामा एकीकृत नेकपा माओवादी केन्द्रबाट आचारसंहिताको उल्लङ्घन भएको आरोप नेपाली काङ्ग्रेस र नेकपा एमालेले लगाएका छन् । निर्वाचन आचारसंहिता उलङ्घन भएको भन्दै उनीहरूले वैशाख १० गते मुख्य निर्वाचन अधिकृतको

निर्वाचनमा बालबालिकाको प्रयोग नगर्ने विषयमा दलहरू प्रतिबद्ध

डडेल्धुरामा क्रियाशील राजनीतिक दलहरूले स्थानीय तहको निर्वाचनमा बालबालिकाको प्रयोग नगर्ने तथा प्रयोग हुन नदिने प्रतिबद्धता जनाएका छन् । जिल्ला बाल कल्याण समितिको पहलमा वैशाख १० गते राजनीतिक दलका नेताहरूले यस्तो

बलात्कार घटनाका आरोपित गिरफ्तार

१५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले रामग्राम नपा-१६ का २० वर्षीय अरूण पासीलाई वैशाख १० गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले वैशाख ७ गते बलात्कार गरेको भन्दै

दुर्घटनाका घाइतेलाइ उपचार गर्न नमानेको भन्दै मणिपाल अस्पतालमा स्थानीयको आन्दोलन

मुस्ताङको कागबेनीमा वैशाख ९ गते भएको सवारी दुर्घटनाका घाइतेलाई उपचार गर्न अस्वीकार गरेको भन्दै मणीपाल शिक्षण अस्पतालको मुल गेटमा स्थानीयले ताला लगाएका छन् । मुस्ताङबाट बिरामीलाई हेलिकप्टरमा मणीपाल अस्पताल ल्याइएको

ज्येष्ठ नागरिकले सामाजिक सुरक्षा भत्ता नपाएको गुनासो

स्थानीय तहको खाता सञ्चालनमा नआउँदा विकास निर्माणको कार्य प्रभावित हुनुका साथै ज्येष्ठ नागरिक, एकल महिला, अपाङ्गता भएका व्यक्ति र बालबालिकाले सामाजिक सुरक्षा भत्ता नपाएको गुनासो गरेका छन् । जिल्ला विकास

निर्वाचनमा बालबालिकाको प्रयोग हुन नदिन अनुगमन सुरू

स्थानीय तहको निर्वाचनमा कुनै पक्षबाट पनि बालबालिकाको प्रयोग हुन नदिन वैशाख १० गतेदेखि अनुगमन सुरू गरिएको छ । महिला तथा बालबालिका कार्यालयको संयोजकत्वमा समिति गठन गरी अनुगमन सुरू गरिएको हो

कारागारमा झडप हुँदा सात जना घाइते

जिल्ला कारागार दैलेखमा वैशाख ९ गते कैदीबन्दीहरूबिच झडप हुँदा सात जना घाइते भएका छन् । झडपमा गम्भीर घाइते हुनेमा नारायण शाही र उपेन्द्र पुन छन् । नारायण शाहीलाई बढी चोट

व्यवस्थापकीय हिसाबले कुनै पनि हालतमा निर्वाचन सर्दैन- प्रमुख आयुक्त डा यादव

प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादवले निर्वाचनको सम्पूर्ण तयारी पूरा भइसकेकाले वैशाख ३१ को स्थानीय तहको निर्वाचन व्यवस्थापकीय हिसाबले कुनै पनि हालतमा नसर्ने बताएको राससले जनाएको छ । वैशाख ९

स्थानीय निर्वाचनमा युवा सहभागिता सुनिश्चित गर्नु पर्नेमा जोड

स्थानीय निर्वाचनमा युवा नेतृत्व विषयक अन्तरसम्वाद कार्यक्रममा स्थानीय निर्वाचनमा युवाको सहभागिता सुनिश्चित गर्नु पर्नेमा सहभागीहरूले जोड दिएका छन् । वैशाख ९ गते काठमाडौँमा आयोजित उक्त कार्यक्रममा अनौपचारिक क्षेत्र सेवा केन्द्र

प्रहरी र मधेसी मोर्चाका कार्यकर्ताबिच झडप भएपछि मतदाता शिक्षा कार्यक्रम स्थगित

जिल्ला निर्वाचन कार्यालयद्वारा राजविराजमा आयोजित मतदाता शिक्षा कार्यक्रम विथोल्ने क्रममा वैशाख ९ गते लोकतान्त्रिक मधेसी मोर्चाका कार्यकर्ता र प्रहरीबिच भएको झडपमा मोर्चाका चार जना कार्यकर्ता घाइते भएका छन् । मतदाता

बहुविवाह घटनाका आरोपित गिरफ्तार

मालिका गाउँपालिका- १ नेटाकी २७ वर्षीया सरस्वती पुनले आफू घरमा हुँदाहुँदै बहुविवाह गरेको आरोपमा २७ वर्षीय पति प्रेमबहादुर पुनविरुद्ध उजुरी गरेको आधारमा प्रहरीले वैशाख ८ गते गिरफ्तार गरेको छ ।

विप्लव नेतृत्वको कम्युनिष्ट पार्टीका कार्यकर्ताद्वारा अपहरित प्राविधिक सहायक अपहरणमुक्त

नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताहरूद्वारा वैशाख ८ गते अपहरणमा परेका उदयपुरगढी गाउँपालिका-६ का ४६ वर्षीय प्राविधिक सहायक उद्धब ढुङ्गाना दुई घण्टापछि अपहरणमुक्त भएका छन् । पीडित ढुङ्गाना

बालविवाह हुँदै गर्दा विवाह मण्डपबाटै बालिकाको उद्धार

१५ वर्षीया बालिकाको नीलकण्ठ नपा-८ बगैँचाका २२ वर्षीय राज नेपालसँग वैशाख ७ गते भइरहेको विवाह मण्डपबाटै पौरखी महिला सहकारी जोगिमाराको पहलमा उद्धार गरिएको छ । गाउँमा बालिकाको विवाह हुँदै गरेको

आमाको हत्या गरेको कसुरमा सर्वस्वसहित जन्मकैदको फैसला

चन्द्रकोट गाउँपालिका-१ की ७१ वर्षीया मोती काउछाको हत्या गरेको कसुरमा मृतकका छोरा विरबहादुर काउछालाई जिल्ला अदालत गुल्मीले वैशाख ७ गते र्सवस्वसहित जन्मकैदको फैसला सुनाएको छ । आफ्नै घरमा सुतिरहेकी आमालाई

बलात्कार घटनाका आरोपित गिरफ्तार

अपाङ्गता भएकी ४२ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले उर्लाबारी नपा-९ का ४१ वर्षीय सुमन टुडुलाइ वैशाख ६ गते गिरफ्तार गरेको छ । पीडित महिलालाई आरोपितले वैशाख ६ गते बलात्कार