INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार घटनाका आरोपित गिरफ्तार

अपाङ्गता भएकी ४२ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले उर्लाबारी नपा-९ का ४१ वर्षीय सुमन टुडुलाइ वैशाख ६ गते गिरफ्तार गरेको छ ।

पीडित महिलालाई आरोपितले वैशाख ६ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले सोही दिन इलाका प्रहरी कार्यालय उर्लाबारीमा उजुरी दिएको थियो ।

पीडित पक्षको उजुरीका आधारमा अनुसन्धानका लागि आरोपितलाई गिरफ्तार गरिएको इलाका प्रहरी कार्यालय उर्लाबारीका इन्स्पेक्टर चन्द्रबहादुर थापाले जानकारी दिए ।

पीडित महिलाको स्वास्थ्य परीक्षण वैशाख ६ गते नै विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा गरिएको छ ।

अन्य

भिडियो