INSEC Online

📅 २०८३ जेष्ठ २४

समाचार

राजनीतिक दललाई “निर्वाचन बाल अधिकार अनुगमन समिति”को ध्यानाकर्षण

कास्कीमा गठित निर्वाचन बाल अधिकार अनुगमन समितिले निर्वाचन प्रचार-प्रसारमा बालबालिकाको प्रयोग भएको भन्दै विभिन्न राजनीतिक दललाई ध्यानाकर्षण गराएको छ । समितिले नेपाली काङ्ग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्रको पार्टी

बलात्कार आरोपमा प्रहरीद्वारा मुद्दा दर्ता

१४ वर्षीया एक बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले फाकफोकथुम गाउँपालिका-६ का १८ वर्षीय उत्तम राईविरूद्ध वैशाख २८ गते जिल्ला अदालतमा जबरजस्ती करणीसम्बन्धी मुद्दा दर्ता गरेको छ । आरोपितले वैशाख २

छाउपडी कूप्रथाका कारण बैतडीका महिलाहरू घरमै सुत्केरी हुन बाध्य

सामाजिक अन्धविश्वासका रूपमा रहेको छाउपडी कूप्रथाका कारण यहाँका महिलाहरू घरमै सुत्केरी हुन बाध्य भएका छन् । स्वास्थ्य संस्थाबाट सुत्केरी भएका महिलालाई घरसम्म पुर्‍याउन सवारी चालकहरूले नमान्ने र पुर्‍याएपनि चर्को रकम

सिलिण्डर बम विष्फोटबाट एक घाइते

हेटौँडा उपमहानगरपालिका-१६ मा वैशाख २७ गते राति अज्ञात समूहले गराएको सिलिण्डर बम विष्फोटबाट एक जना घाइते भएका छन् । एमालेका वडाध्यक्ष उम्मेदवार गोविन्द दाहालको घर नजिकै राति पौने १० बजे

आज राति १२ बजेपछि उम्मेदवारको प्रचारप्रसार गर्न नपाउने

यही वैशाख ३१ गते हुने पहिलो चरणको स्थानीय तह निर्वाचनको मौन अवधि वैशाख २८ गते बिहीबार राति १२ बजेपछि सुरू हुने निर्वाचन आयोगले जनाएको छ । निर्वाचन आयोगले वैशाख २७

नेपाल कम्युनिष्ट पार्टीका जिल्ला सेक्रेटरी गिरफ्तार

नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका जिल्ला सेक्रेटरी नन्दप्रसाद तिवारी ‘जगन’लाई प्रहरीले गिरफ्तार गरेको छ । निर्वाचनमा अवरोध निम्त्याउनका लागि लुकेर बसेको आरोपमा पोखरा-लेखनाथ महानगरपालिका-१७ छोरेपाटनबाट जगनलाई वैशाख २७ गते

चुनावीप्रचारका क्रममा झडप

गण्डकी गाउँपालिका-८ घ्याल्चोकमा काङ्ग्रेस र माओवादी केन्द्रका कार्यकर्ताबिच वैशाख २७ गते बेलुकी झडप भएको छ । चुनावी प्रचारको क्रममा रहेका काङ्ग्रेस र माआवादी कार्यकर्ताबिच बेलुकी ६ बजेतिर ढुङ्गा हानाहान भएको

दलहरूद्वारा आचारसंहिता अक्षरश पालना गर्ने सामूहिक प्रतिबद्धता व्यक्त

निर्वाचन आयोग समक्ष प्रमुख राजनीतिक दलहरूले आगामी स्थानीय तहको निर्वाचनको सुव्यवस्थापनमा सहयोग पुर्‍याउने सामूहिक प्रतिबद्धता जनाएका छन् । स्थानीय तहको निर्वाचनको तयारी, शान्ति सुरक्षा, आचारसंहिता र मतदाता शिक्षाका बारेमा केन्द्रित

माओवादी केन्द्रका कार्यकर्ताद्वारा एमाले कार्यकर्ता माथि आक्रमण

मुसिकोट नपा­ ७ का ४८ वर्षीय करवीर परियारलाई एमालेको चुनावी कार्यक्रम सकेर घर फर्कँदै गर्दा कार्यक्रम स्थल नजिक वैशाख २७ गते माओवादी केन्द्रका कार्यकर्ताले आक्रमण गरेका छन् । टाउकोमा चोट

हिमाली जिल्ला डोल्पामा नमूना मतदान सम्पन्न

हिमाली जिल्ला डोल्पामा स्थानीय तह निर्वाचनका लागि नमूना मतदान कार्यक्रम वैशाख २७ गते सम्पन्न भएको छ । सदरमुकाम दुनैस्थित ठुलीभेरी नपा अन्तर्गत सरस्वती उमावि मदतान केन्द्र र त्रिपुरासुन्दरी नपास्थित धर्मशाला

नेपाल कम्युनिष्ट पार्टीका पाँच जना कार्यकर्ता गिरफ्तार

स्थानीय तहको निर्वाचन विरोधी गतिविधि गरेको आरोपमा नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका पाँच जना कार्यकर्तालाई प्रहरीले वैशाख २७ गते गिरफ्तार गरेको छ । गिरफ्तार पर्नेमा कुशे गाउँपालिका-५ का एरिया

मानव अधिकार र निर्वाचन विषयक अन्तरक्रिया सम्पन्न

स्वच्छ निर्वाचनको लागि नागरिक अभियानको सचिवालय इन्सेकले बागलुङमा मानव अधिकार र निर्वाचन विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)को आयोजना र विभिन्न संस्थाहरूका सहकार्यमा भएको

चुनावी सभामा झडप हुँदा एक घाइते

बागलुङमा चुनावी सभा गर्ने क्रममा झडप हुँदा माओवादी केन्द्र र नेपाली काङग्रेसका संयुक्त उम्मेदावार २७ वर्षीय प्रदिप थापा मगर घाइते भएका छन् । बागलुङको बरेङ गाउपालिका-२ को बराहकोट चौतारे डाँडामा

नेपाली काङ्ग्रेस कार्यकर्ताद्वारा एमाले कार्यकर्ताको घरमा आक्रमण

नेपाली काङ्ग्रेसका कार्यकर्ताहरूले व्यास नपा-४ फराकचौरमा नेकपा एमालेका कार्यकर्ताहरूको घरमा आक्रमण गरेको पीडित पक्षले आरोप लगाएको छ । वैशाख २६ गते राति १० बजे सोही वडाका काङ्ग्रेसका तर्फबाट अध्यक्ष उम्मेदवार

एमाले कार्यकर्तामाथि कुटपिट

दुधौली नगरपालिका-४ दुधौलीमा नेकपा एमालेका दुई जना कार्यकर्तालाई नेकपा माओवादी केन्द्रका कार्यकर्ताले घरमै गएर कुटपिट गरेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ । कुटपिटबाट दुधौली नगरपालिका-४ डकाहा निवासी एमाले कार्यकर्ता

काङ्ग्रेस र माओवादी केन्द्रका कार्यकर्ताबिच झडप

स्थानीय तहको निर्वाचन प्रचारप्रसारका क्रममा नेपाली काङ्ग्रेस र नेकपा माओवादी केन्द्रका कार्यकर्ताबिच सानोभेरी गाउँपालिका-२ चाइनाबगर गाउँमा वैशाख २६ गते साँझ सात बजे झडप हुँदा दुवै पक्षका ६ जना कार्यकर्ता सामान्य

चुनावी अभियानमा खटिएका अनेरास्ववियुका कार्यकर्तामाथि माओवादी आक्रमण

पचालझरना गाउँपालिका-६ नानिकोट निवासी अनेरास्ववियु जिल्ला सदस्य २६ वर्षीय युवराज शाहीलाई सोही ठाउँका माओवादी केन्द्रका जिल्ला सदस्य डम्मर टमटा, वाइसिएल केन्द्रीय सदस्य महेन्द्र शाहीलगायतका ११ जनाको समूहले वैशाख २६ गते

प्रहरीद्वारा पत्रकारलाई दुर्व्यवहार गरेको आरोप

सुरक्षा जाँचको क्रममा रोकिएको माइक्रोबस तोडफोड गरेको घटनाको रिपोर्टिङ गर्ने क्रममा पत्रकार देवचन्द्र भट्टमाथि वैशाख २६ गते साँझ प्रहरीले दुर्व्यवहार गरेको पीडित पक्षले आरोप लगाएको छ । विदुरमा प्रहरी चेकजाँचको

काङ्ग्रेस कार्यकर्ताको आक्रमणबाट एमाले कार्यकर्ता घाइते

गल्छी गाउँपालिका-७ मछेडी खोला निवासी एमाले कार्यकर्ता ३१ वर्षीय सुब्बा बिकलाई घरमा बसिरहेका बेला चुनावी प्रचारको लागि गाउँमा पुगेका काङ्ग्रेस कार्यकर्ताको समूहले आक्रमण गरी घाइते बनाएको पीडित पक्षको आरोप छ

एमाले उम्मेद्वारको गाडीमा आगजनी

नेकपा एमालेले गल्छी गाउँपालिका-५ मा चुनावी प्रचारका लागि प्रयोग गरेको बा ४ ख ५००६ नम्बरको ट्रकमा वैशाख २७ गते बिहान नेकपा माओवादी केन्द्र र नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका