INSEC Online

📅 २०८३ जेष्ठ २१

काङ्ग्रेस कार्यकर्ताको आक्रमणबाट एमाले कार्यकर्ता घाइते

गल्छी गाउँपालिका-७ मछेडी खोला निवासी एमाले कार्यकर्ता ३१ वर्षीय सुब्बा बिकलाई घरमा बसिरहेका बेला चुनावी प्रचारको लागि गाउँमा पुगेका काङ्ग्रेस कार्यकर्ताको समूहले आक्रमण गरी घाइते बनाएको पीडित पक्षको आरोप छ ।

बिकलाई वैशाख २५ गते राति काङ्ग्रेस कार्यकर्ताहरूले लाठी प्रहार गरी घाइते बनाएको एमालेले वैशाख २६ गते एक प्रेस विज्ञप्ति प्रकाशन गरी जनाएको छ ।

घाइते बिकलाई प्रहरी र एमाले कार्यकर्ताले उद्धार गरेका थिए । उनको उपचार काठमाडौँस्थित मनमोहन मेमोरियल अस्पतालमा भइरहेको प्रहरीले जनाएको छ ।

गाउँमा काङ्ग्रेस कार्यकर्ताहरू राति घरघरमा गएर धम्की दिने र काङ्ग्रेसको चुनाव चिन्हमा भोट हाल्न नमान्नेलाई कारबाही गर्ने भन्दै गाउँमा आतङ्क सिर्जना गरिएको स्थानीय एमाले कार्यकर्ता केशब रिमालले आरोप लगाए ।

गल्छी गाउँपालिका-७ का वडा सदस्यका उम्मेद्वार सुरेश तामाङ, एमाले कार्यकर्ता हेमबहादुर भण्डारी, जेठा तामाङ, ठूलीकान्छी तामाङलाई गालीगलौज गर्नुका साथै ज्यान मार्ने धम्की दिएको विज्ञप्तिमा उल्लेख छ ।

अन्य

भिडियो