INSEC Online

📅 २०८३ जेष्ठ २१

नेपाल कम्युनिष्ट पार्टीका जिल्ला सेक्रेटरी गिरफ्तार

नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका जिल्ला सेक्रेटरी नन्दप्रसाद तिवारी ‘जगन’लाई प्रहरीले गिरफ्तार गरेको छ ।

निर्वाचनमा अवरोध निम्त्याउनका लागि लुकेर बसेको आरोपमा पोखरा-लेखनाथ महानगरपालिका-१७ छोरेपाटनबाट जगनलाई वैशाख २७ गते गिरफ्तार गरेको प्रहरीले जनाएको छ ।

हाल तिवारीलाई अनुसन्धानका लागि हिरासतमा राखिएको जिल्ला प्रहरी कार्यलयका डिएसपी खडकबहादुर खत्रीले जानकारी दिए ।

अन्य

भिडियो