१० वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले गौशाला नगरपालिका-१२ का ४० वर्षीय रामनरेश शर्मालाई असार २१ गते गिरफ्तार गरेको छ ।
पीडित बालिकालाई आरोपितले असार २१ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले प्रहरीमा उजुरी दिएपछि अनुसन्धानका लागि आरोपितलाई गिरफ्तार गरिएको इलाका प्रहरी कार्यालय वर्दिवासका डिएसपी शालिग्राम शर्माले बताए ।
पीडित बालिकाको स्वास्थ्य परीक्षण असार २१ गते नै जिल्ला अस्पताल बर्दिवासमा गरिएको प्रहरीले जनायो ।