२१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा प्रहरीले तिलोत्तमा नपा-४ का २२ वर्षीय हरि घर्तीलाई असार २१ गते तिलोत्तमाबाटै गिरफ्तार गरेको छ ।
पीडित युवतीलाई आरोपितले असार २१ बलात्कार गरेको आरोपमा पीडितले दिएको उजुरीका आधारमा आरोपितलाई अनुसन्धानका लागि गिरफ्तार गरिएको इलाका प्रहरी कार्यालय बुटवलका सई बाबुराम पुरीले बताए ।
पीडित युवतीको स्वास्थ्य परीक्षण लुम्बिनी अञ्चल अस्पताल बुटवलमा असार २१ गते नै गरिएको प्रहरीले जनायो ।