INSEC Online

📅 २०८३ जेष्ठ २१

पाँच वर्षीय बालकमाथि निर्घात कुटपिट

भोजपुर नपा-१२ का पाँच वर्षीय बालक निशान रम्तेललाई उनका सौतेनी आमा उर्मीला रम्तेलले असार २१ गते शरीरमा निलडाम हुनेगरी निर्घात रुपमा कुटपिट गरेका छन् ।

लौरोले अनुहार र पिठ्यूँलगायत विभिन्न भागमा निलडाम हुने गरी कुटपिट गरेका कारण बालकलाई गम्भीर चोट लागेको उनका छिमेकी सिता श्रेष्ठले बताइन् ।

बालकलाई निर्घात रूपमा कुटपिट गरिएपछि स्थानीयले जिल्ला प्रहरी कार्यालयमा खबर गरी कुटपिट गर्ने विरुद्ध असार २२ गते कारबाहीको माग गर्दै उजुरी दिएका छन् ।

स्थानीयको उजुरीको आधारमा कुटपिट गरेको आरोपमा सौतेनी आमा उर्मीलालाई प्रहरीले गिरफ्तार गरी कारबाही प्रकृया अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालयले जनायो ।

अन्य

भिडियो