INSEC Online

📅 २०८३ जेष्ठ २१

कैदी बन्दीमा भाइरल ज्वरोको प्रकोप, एकै दिनमा ३२ जनाको उपचार

जिल्ला कारागार सल्यानमा रहेका कैदी बन्दीमा भाइरल ज्वरोको प्रकोप देखिएको छ । कैदी बन्दीलाई भाइरल ज्वरो देखिएपछि साउन २५ गते ३२ जनाको उपचार भएको जेलर विक्रम केसीले जानकारी दिए ।

जिल्ला अस्पताल सल्यानका चार जना डाक्टरसहितको टोलीले साउन २५ गते कैदी बन्दीको स्वास्थ्य जाँचपछि उपचार गरिएको जेलर केसीले बताए । उनले भने-“कैदी बन्दीको चाप बढ्दै गएका कारण स्वास्थ्यमा समस्या आएको हो ।” उपचारपछि कैदी बन्दीहरूको स्वास्थ्य अवस्था अहिले सामान्य रहेको जेलर केसीले बताए ।

कारागारमा रहेका कैदी बन्दी महेन्द्र थापा, धनबहादुर बुढालगायत केहीलाई ज्वरोको लक्षण देखिएको र उनीहरूलाई पनि औषधि उपचार गरिरहेको जेलर केसीले बताए । कारागारमा २० जनाको क्षमता रहेकोमा हाल १ सय १ जना कैदी बन्दी रहेका छन् ।

अन्य

भिडियो