बेपत्ता आयोगको कार्यशैलीप्रति द्वन्द्व पीडित असन्तुष्ट
बलपूर्वक बेपत्ता बनाउने कार्य विरूद्धको अन्तर्राष्ट्रिय दिवसको अवसरमा गुलरियामा भदौ १४ गते आयोजित कार्यक्रममा बेपत्ता पारिएका व्यक्तिका परिवारले बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगको कार्यशैलीले आफूहरू निराश भएको बताएका छन् ।





