बहुविवाह गरेको आरोपमा प्रहरीले सरावल गाउँपालिका-३ सरावलका ३२ वर्षीय दयानन्द चौधरी र रुपन्देही जिल्ला बुटवल नपा-७ की ३५ वर्षीया चौतारियादेवी थारुलाई भदौ ११ गते गिरफ्तार गरेको छ ।
३० वर्षीया मिनाकुमारी थारुले आफू घरमा हुँदाहुँदै आरोपित दयानन्दले चौतारियादेवीसँग बहुविवाह गरेको आरोपसहित भदौ ११ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएकी थिइन् ।
आरोपितद्वयले गत साउन १९ गते बहुविवाह गरेकोले न्यायको माग गर्दै प्रहरीमा उजुरी दिइएको पीडित महिलाले जानकारी दिएकी छन् ।