INSEC Online

📅 २०८३ जेष्ठ २५

समाचार

खाद्य गोदाममा आपूर्ति मन्त्रीको अनुगमन, खाद्य वस्तुमा ढुङ्गा, बालुवा र धुलो भेटियो

नेपाल खाद्य संस्थानको थापाथली स्थित गोदाममा रहेको खाद्य वस्तुमा ढुङ्गा बालुवा र धुलो भेटिएको छ । आपूर्ति मन्त्री शिवकुमार मण्डलले भदौ ११ गते साँझ गरेको अनुगमनका क्रममा यस्तो फेला परेको

मानव अधिकार उल्लङ्घन गर्नेलाई कालो सूचीमा राख्ने गृहकार्य

राष्ट्रिय मानव अधिकार आयोगले हालसम्म मानवअधिकार उल्लङ्घनका करिब ८०० मुद्दा दर्ता भएकोमा त्यसको १४ प्रतिशतमा कारबाहीका लागि नेपाल सरकार समक्ष सिफारिस गरेको राससले जनाएको छ । काठमाडौँमा भदौ ९ गते

छाउपडी सबैको साझा समस्या भएको सरोकारवालाको भनाई

महिनावारी हुँदा घरभन्दा अलग्गै गोठमा बसाल्ने छाउपडी प्रथा सामाजिक कुरीति र विसङ्गती भएको सरोकारवालाहरूले बताएका छन् । महिला बालबालिका कार्यालय, सामाजिक सेवा केन्द्र (सोसेक), राधा पौडेल फाउण्डेशन, अनौपचारिक क्षेत्र सेवा

जिल्ला जनस्वास्थ्य कार्यालयमा उपचार नपाएको भन्दै प्रशासन कार्यलयमा धर्ना

सदरमुकाम सिमकोटमा रहेको एक मात्र जिल्ला जनस्वास्थ्य कार्यालयमा स्थानीयबासीहरूलाई उपचार नभएको भन्दै भर्ना भएका बिरामीहरू उपचारको माग गर्दै प्रमुख जिल्ला अधिकारीको कार्यलयमा भदौ १० गते बिहान गुनासो पोख्न पुगेका छन्

जिल्ला अस्पताल इलामको निःशुल्क सेवा बन्द हुँदा सर्वसाधारण मर्कामा

सरकारले ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति र गरिबीमा रहेकाहरूलाई निःशुल्क स्वास्थ्य सेवा दिने घोषणा गरेको भए पनि जिल्ला अस्पताल इलाममा यो सेवा बन्द हुँदा सेवाग्राही मर्कामा परेका छन् । ५०

स्वास्थ्य संस्थामा औषधि अभाव बिरामीलाई समस्या

तेह्रथुमका विभिन्न स्वास्थ्य संस्थाहरूमा औषधिको अभाव भएपछि बिरामीहरूको उपचारमा समस्या भएको छ । पछिल्लो समय विभिन्न गाउँहरूमा भाइरल ज्वरोले बिरामी हुनेहरूको सङ्ख्या अत्याधिक रहेपनि स्वास्थ्य संस्थाहरूमा औषधि नहुँदा बिरामीहरूलाई जिल्ला

बलात्कार घटनाका आरोपित गिरफ्तार

२२ वर्षीया युवतीलाई भदौ ८ गते बलात्कार गरेको आरोपमा प्रहरीले हेटौँडा उपमहानगरपालिका-१७ का २४ वर्षीय निरज राईलाई भदौ ९ गते गिरफ्तार गरेको छ । बलात्कार घटनाका अन्य दुई जना आरोपित

आमाको हत्या गरेको आरोपमा छोरा गिरफ्तार

वीरेन्द्रनगर नपा-१० एयरपोर्ट चोककी ७१ वर्षीया टिकावती खनालको हत्या गरेको आरोपमा प्रहरीले उनका ३८ वर्षीय छोरा रवि खनाललाई भदौ ८ गते घरबाटै गिरफ्तार गरेको छ । वैदेशिक रोजगारीको क्रममा घरविदामा

बलात्कार गरेको कसुरमा १० वर्षकैदको फैसला

५० वर्षीया महिलालाई बलात्कार गरेको कसुरमा साकेला गाउँपालिका-२ का ५१ वर्षीय टिकाराम दमाईलाई जिल्ला अदालतले भदौ ८ गते १० वर्षकैद र १ लाख रुपियाँ जरिबानाको फैसला गरेको छ । न्यायाधीश

मानव बेचबिखन दोषीउपर १० वर्षकैदको फैसला

२१ वर्षीया युवतीलाई बेचबिखन गरेको कसुरमा दुप्चेश्वर गाउँपालिका-१ घ्याङफेदीका २१ वर्षीय फूर्पा तामाङलाई जिल्ला अदालतले १० वर्षकैद र ५० हजार रुपियाँ जरिबानाको फैसला गरेको छ । न्यायाधीश लोकजङ्ग शाहको इजलासले

भदौ ३ गतेसम्म नाम दर्ता गराएकालाई मतदानको अधिकार

आगामी मङ्सिर १० गतेका लागि तय गरिएको प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचनमा भदौ ५ गतेसम्म १८ वर्षउमेर पुगेका र फोटो सहितको मतदाता नामावलीमा नाम रहेकाहरूले मात्र मतदान गर्न पाउने

सेना परिचालन गर्न राष्ट्रपतिको स्वीकृति

राष्ट्रपति विद्यादेवी भण्डारीले प्रदेश २ मा असोज २ गते हुने तेस्रो चरणको स्थानीय तहको निर्वाचनमा सेना परिचालन गर्न स्वीकृति प्रदान गरेकी छन् । नेपालको संविधानको धारा ६६ को उपधारा (२)

भरतपुरमा आचार्य र काफ्लेको पक्षमा फैसला

उच्च अदालत पाटन अन्तर्गत हेटौँडा इजलासका न्यायाधीश नागेन्द्रलाभ कर्णको इजलासले भरतपुर महानगरपालिका वडा नम्बर ४ र ७ का वडा अध्यक्षका विषयमा परेको निवेदन खारेज गरेको छ । उपेन्द्रराज सापकोटा र

अज्ञात व्यक्तिद्वारा सशस्त्र प्रहरी बलका सहायक हवल्दारको हत्या

राजस्व तथा भन्सार सुरक्षा गुल्म गड्डाचौकीमा कार्यरत सशस्त्र प्रहरी बलका ३३ वर्षीय सहायक हवल्दार नरेन्द्र कुँवरको भदौ ८ गते बिहान भीमदत्त नगरपालिका-६ नहरमा टाउकोमा ढुङगाले हानेर हत्या गरेको अवस्थामा शव

बहुविवाह घटनाका आरोपित गिरफ्तार

बहुविवाह गरेको आरोपमा शितगङ्गा नपा-५ का ३३ वर्षीय भिमलाल भुसाल र सोही ठाउँकी २६ वर्षीया चेतकला भुसाललाई प्रहरीले भदौ ७ गते गिरफ्तार गरेको छ । पीडित महिला देवकला भुसालले आरोपितद्वयले

कथित बोक्सी आरोपमा अभद्र व्यवहार गरेको भन्दै प्रहरीमा उजुरी

कथित बोक्सीको आरोपमा अभद्र ब्यवहार गरेको भन्दै चौतारा साँगाचोकगढी नपा-१ स्थित स्याउलेकी ४२ वर्षीया रसमाया तामाङले सोही ठाउँका ४० वर्षीय तोकबहादुर तामाङविरुद्ध भदौ ७ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएकी

महामारी हुन नदिन २६ ठाउँमा स्वास्थ्य शिविर

बाढीले ठूलो सङ्ख्यामा नागरिकहरू प्रभावित भएपछि महामारी फैलन सक्ने भन्दै स्वास्थ्य मन्त्रालयले स्वास्थ्य शिविर सञ्चालन गरेको छ । स्थानीय प्रशासन, स्वास्थ्य संस्थाहरू र गैरसरकारी संस्थाहरूको सहयोगमा मन्त्रालयले जिल्लाका ६ ओटा

कानुनको अभावमा स्थानीय तहमा न्याय सम्पादन अप्ठ्यारो

संविधानले स्थानीय तहमा न्यायिक समिति सम्बन्धी स्पष्ट व्यवस्था गरेपनि यस सम्बन्धी कानुन नबन्दा काममा ढिलाइ भएको राससले जनाएको छ । नेपालको संविधानको धारा २१७ मा कानुन बमोजिम आफ्नो अधिकार क्षेत्रभित्रका

माग पुरा नगरेको भन्दै आन्दोलनकारीबाट त्रिविका भीसी, रेक्टर, र रजिष्ट्रार कार्यालयमै थुनिए

आन्दोलनरत आंशिक प्राध्यापक सङ्घले त्रिभुवन विश्वविद्यालयका भीसी, रेक्टर, र रजिष्ट्रारलाई भदौ ६ गते साढे ४ बजेदेखि राति ९ बजेसम्म थुनेका छन् । आन्दोलनरत आंशिक प्राध्यापकहरूले त्रिभुवन विश्वविद्यालयको जनप्रशासन क्याम्पस बल्खुभित्रै

औषधि अभाव हुँदा बिरामी मर्कामा

रोल्पा जिल्ला अस्पताललगायत जिल्लाका विभिन्न स्वास्थ्य संस्थामा औषधिको अभाव भएको छ । सरकारले निःशुल्क दिने भनिएका औषधि पनि स्वास्थ्य संस्थामा छैनन् । केही दिन यता जिल्ला अस्पताललगायत प्रायः सबै स्वास्थ्य