INSEC Online

📅 २०८३ जेष्ठ २१

कारागारका ५० जनाभन्दा बढी कैदी बन्दीमा भाइरल

कास्की जिल्ला कारागारका कैदी बन्दी भाइरल ज्वरोबाट पीडित बनेका छन् । कारागारमा रहेका तीन ओटा ब्लकमध्ये एउटा ब्लकमा एक हप्ता अघिबाट देखिएको भाइरल ज्वरोका कारण ५० जना कैदी बन्दी बिरामी परेको जेलर हरिनारायण पौडेलले बताए । उक्त ब्लकमा ३ सय २० जना कैदी बन्दी रहेका छन् ।

सबै बिरामीको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा उपचार गरी कारागार ल्याइएको पौडेलले बताए । पौडेलका अनुसार सबै बिरामीलाई चेकजाँच गराउँदा मौसमी ज्वरो बाहेक अन्य सङ्क्रमण नभेटिएको बताए ।

कास्की कारागारमा ४६ जना महिला, दुई जना आश्रति बालबालिकासहित ७ सय ७ जना कैदी बन्दी रहेका छन् ।

अन्य

भिडियो