INSEC Online

📅 २०८३ जेष्ठ २५

समाचार

इलाका प्रहरी कार्यालयको हिरासतमा यातना दिएको भन्दै आयोगमा उजुरी

इलाका प्रहरी कार्यालय औरहीमा प्रहरी हिरासतमा रहेका औरही गाउँपालिका-४ बस्ने २१ वर्षीय जयकिशोर यादवलाई प्रहरीले यातना दिएको भन्दै कात्तिक १६ गते राष्ट्रिय मानव अधिकार आयोग जनकपुरमा उजुरी दिइएको छ ।

जुम्लाका ५४ दशमलब ५ प्रतिशत बालबालिकालाई कुपोषण

जिल्लाका ५४ दशमलब ५ प्रतिशत बालबालिका अझै पनि कुपोषित रहेको जिल्ला जनस्वास्थ्य कार्यालयले जनाएको छ । कार्यालयका अनुसार चार वर्षमा जुम्लाका २७ प्रतिशत बालबालिका कुपोषणमुक्त हुँदा पनि तथ्याङ्क यस्तो डरलाग्दो

अज्ञात समूहद्वारा नेपाली काङ्ग्रेस नगर समितिको कार्यालयमा आगजनी

नेपाली काङ्ग्रेस लम्कीचुहा नगर समितिको कार्यालय थपालीपुरमा कात्तिक १५ गते राति अज्ञात समूहले आगजनी गरेको छ । रातिको समयमा कार्यालयमा आगो लागेको देखेपछि स्थानियले प्रहरीलाई खबर गरेका थिए । पार्टी

सर्वोच्चद्वारा लिखित जबाफ माग

सर्वोच्च अदालतले आगामी मङ्सिर १० र २१ गते हुने प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा राष्ट्रसेवक कर्मचारीलाई मतदान गर्ने व्यवस्था नहुनाका कारणसहित लिखित जबाफ माग गरेको राससले जनाएको छ ।

शान्तिपूर्ण एवम् उत्साहजनकरूपमा उम्मेदवारी दर्ता गराउन आयोगको आह्वान

निर्वाचन आयोगले राजनीतिक दल र उम्मेदवारलाई प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको निर्वाचनमा प्रत्यक्ष निर्वाचित हुने निर्वाचन प्रणालीतर्फो उम्मेदवारीको मनोनयन दर्ता शान्तिपूर्ण एवम् उत्साहजनकरूपमा गर्न आह्वान गरेको छ । दोस्रो

बहुविवाह घटनाका अरोपितद्वय गिरफ्तार

बहुविवाह गरेको आरोपमा प्रहरीले कुम्मायक गाउँपालिका १ का ३४ वर्षीय विरेन्द्रकुमार लावती र काभ्रेपलाञ्चोककी २७ वर्षीया भीममाया तामाङलाई कात्तिक १५ गते गिरफ्तार गरेको छ । आरोपित लावतीकी २७ वर्षीया पत्नी

स्थानीय तहबाट खरिद प्रक्रिया ढिलाई हुँदा औषधि अभाव

स्थानीय तहको निर्वाचन भएको ६ महिना पुगिसक्दा पनि औषधि खरिद प्रक्रियामा ढिलाई हुँदा जिल्लाका स्वास्थ्य संस्थाहरूमा औषधि अभाव भएको छ । पहिले स्वास्थ्य संस्थामै बजेट आएर औषधि खरिद गर्ने व्यवस्था

पत्नी हत्याका आरोपमा सर्वस्वसहित जन्मकैदको फैसला

पत्नी हत्याको आरोपमा लहान नपा-१५ का ६० वर्षीय काले तामाङलाई जिल्ला अदालतले कात्तिक १४ गते सर्वस्वसहित जन्मकैदको फैसला गरेको छ । जिल्ला अदालतका न्यायाधीश हर्रि्रसाद शर्मा उपाध्याय पङ्गेनीको एकल इजलासले

घोषणापत्रमा मानव अधिकारप्रतिको प्रतिबद्धता समेट्न आग्रह

राष्ट्रिय मानव अधिकार आयोगका पूर्व आयुक्तहरूको सङ्गठन पूर्व आयुक्त समाजले राजनीतिक दलहरूसँग आफ्नो घोषणापत्रमा मानव अधिकारप्रतिको प्रतिबद्धता, त्यसको संरक्षण र संबर्द्धन गर्ने विषयसहितको घोषणापत्र तयार गर्न आग्रह गरेको छ ।

शान्ति सुरक्षाको व्यवस्था भरपर्दो मिलाउन प्रमुख निर्वाचन आयुक्तको निर्देशन

निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवले प्रतिनिधि सभा र प्रदेस सभा निर्वाचन स्वच्छ, निष्पक्ष एवम् भयरहित वातावरणमा सम्पन्न गर्न सुरक्षा निकायको महत्वपुर्ण भूमिका रहने भएकाले शान्तिसुरक्षाको व्यवस्था भरपर्दो

निर्वाचन पूर्व मानव अधिकारको अवस्थाबारे छलफल

आगामी मङ्सिर २१ गते हुने प्रदेश सभा र प्रतिनिधि सभाको निर्वाचन पूर्व इन्सेक केन्द्रीय कार्यलय र क्षेत्रीय कार्यालय पोखराले कात्तिक १४ गते जिल्लाको मानव अधिकारको अवस्था तथा आसन्न निर्वाचनको पूर्व

कागतालीको न्याय होइन, कानुनको शासनको सम्मान होस्ः इन्सेक

नेपाल प्रहरीले सर्वस्वसहति जन्मकैदको फैसला पाएका बालकृष्ण ढुङ्गेललाई आज गरेको गिरफ्तारी कागतालीको न्याय होइन कि कानुनको शासनको सम्मान गर्दै सबै न्यायिक निर्णय र प्रक्रियाको परिपालनाको कदम होस् भन्ने इन्सेकले माग

मानव बेचबिखन घटनाका आरोपित गिरफ्तार

२१ वर्षीया महिलालाई राम्रो जागिर लगाईदिने प्रलोभन देखाएर हवाईमार्ग हुँदै दुवई लैजाँदै गरेको आरोपमा प्रहरीको सक्रियतामा कात्तिक १२ गते दिउँसो भैरहवा एयरपोर्टबाट उद्धार गरी एक जना आरोपितलाई गिरफ्तार गरिएको छ

छुट्टाछुट्टै मतपत्र छाप्न सुरु भइसक्योःनिर्वाचन आयोग

प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवसहितले अदालतको अवहेलनासम्बन्धी मुद्दामा सर्वोच्च अदालतमा प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा छुट्टाछुटै मतपत्र छाप्न सुरु भएको भनी लिखित जबाफ पेश गरेको राससले जनाएको छ

बलात्कारपछि हत्याको प्रयास घटनाका आरोपित गिरफ्तार

१४ वर्षीया एक बालिकालाई बलत्कारपछि हत्या गर्न खोजेको आरोपमा प्रहरीले आम्चोक गाउँपालिका-९ स्थित दुम्मानाका २१ वर्षीय सन्तोष श्रेष्ठलाई कात्तिक १३ गते गिरफ्तार गरेको छ । पीडित परिवारका अनुसार पीडित बालिकालाई

बलात्कार घटनाका आरोपित गिरफ्तार

आठ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले १५ वर्षीय बालकलाई कात्तिक १२ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले कात्तिक ११ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले कात्तिक १२

निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रमका योजना रद्ध गर्ने आयोगको निर्णय

निर्वाचन आयोगले निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रम र निर्वाचन क्षेत्र विकास कार्यक्रमका सम्पूर्ण कार्यक्रममा रोक लगाउनुका साथै निकासा रोक्न निर्देशन दिएको राससले जनाएको छ । कात्तिक १२ गते बसेको आयोगको

निर्वाचन आयोगले अदालतलाई जबाफ सोमबार पठाउने

निर्वाचन आयोगले आगामी प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा प्रयोग हुने मतपत्रका सन्दर्भमा सर्वोच्च अदालतलाई भोलि कात्तिक १३ गते जबाफ पठाउने भएको राससले जनाएको छ । प्रमुख निर्वाचन आयुक्त डा.

समानुपातिकतर्फ संशोधनसहित बन्दसूची पेश

राजनीतिक दलहरुले आगामी मङ्सिर १० र २१ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको समानुपातिक निर्वाचन प्रणालीका उम्मेदवारको बन्दसूची संशोधन गरी पेश गरेका राससले जनाएको छ । गत असोज

फूजेल हत्या प्रकरणः १८ औँ पटक पेशी सर्‍यो

गोरखा फुजेलका कृष्ण अधिकारीको हत्यासम्बन्धी मुद्दामा कात्तिक १२ गते आइतबारका लागि पेशी तोकिएकोमा पुनः अर्को पेशी मिति तोकिएको छ । चितवन अदालतका सूचना अधिकारी केशव पौडेलका अनुसार मङ्सीर २५ गते