१४ वर्षीया एक बालिकालाई बलत्कारपछि हत्या गर्न खोजेको आरोपमा प्रहरीले आम्चोक गाउँपालिका-९ स्थित दुम्मानाका २१ वर्षीय सन्तोष श्रेष्ठलाई कात्तिक १३ गते गिरफ्तार गरेको छ ।
पीडित परिवारका अनुसार पीडित बालिकालाई आरोपितले कात्तिक ११ गते बलात्कार पश्चात आँखा निकाली हत्याको प्रयास गरेका थिए ।
घटना पश्चात अचेत अवस्थामा बालिकालाई स्थानीयले भेटेपछि उपचारका लागि विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान लागिएको जिल्ला प्रहरी कार्यालय भोजपुरका डिएसपी दिपेन्द्र पञ्जियार थारुले बताए । पीडित बालिकाको स्वास्थ्य परीक्षण र उपचार कात्तिक १२ गतेदेखि सोही अस्पतालमा भइरहेको छ ।